सुदूरपश्चिम प्रदेश सभाको विषयगत समिति सभापति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ।
सुदूरपश्चिम प्रदेश सभा सचिवालयका अनुसार बुधबार पुस २५ गते दिउँसो १ बजे चुनाव गर्ने गरी तालिका सार्वजनिक गरिएको छ।
कार्यतालिका अनुसार मंगलबार बिहान १० बजे मतदाता नामावली प्रकाशन, ११ बजेदेखि ११ः३० सम्म दाबी विरोध, १२ बजेसम्म अन्तिम नामावली प्रकाशन र दिउँसो १ बजेदेखि अपराहन्न ५ बजेसम्म सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता हुनेछ।
बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म सभापतिका उम्मेदवारमाथि दाबी-विरोध र ११ बजेदेखि १२ः३० उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
प्रदेश सरकार गठन भएको एकवर्ष बितिसक्दा पनि अहिलेसम्म विषयगत समितिले पूर्णता पाएको छैन। यसअघि असोज ११ बजे तोकिएको विषयगत समिति सभापतिको चुनाव सत्तारुढ गठबन्धनमा भागबण्डा नमिल्दा स्थगित भएको थियो।
प्रतिक्रिया