ad ad

सुदूरपश्चिम


सुदूरपश्चिममा गठबन्धन र एमालेका उम्मेदवारले गराए मनोनयन दर्ता

सुदूरपश्चिममा गठबन्धन र एमालेका उम्मेदवारले गराए मनोनयन दर्ता

नेपालखबर
पुस २३, २०८० सोमबार १५:४४, कञ्चनपुर

सुदूरपश्चिममा राष्ट्रिय सभाको तीनै सीटमा उम्मेदवारी दर्ता गरिएको छ। सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालले उम्मेदवारी दर्ता गराएका हुन्।

कैलालीको धनगढीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सत्तारुढ गठबन्धन र  एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

एमालेले अन्यतर्फ ईश्वरी खरेल (कञ्चनपुर), महिलातर्फ सावित्री घिमिरे (कैलाली) र अपांगतातर्फ रामचन्द्र जोशी (कैलाली)लाई राष्ट्रिय सभाको उम्मेदवार बनाएको छ।

यस्तै, सत्तारुढ गठबन्धनमा कांग्रेसले दुई सीट र माओवादी केन्द्रले एक सीटमा उम्मेदवार खडा गरेको छ। कांग्रेसले अन्यतर्फ बलदेव बोहरा (कञ्चनपुर) र अपांगता तथा अल्पसङ्ख्यक कलस्टरमा नारायणदत्त भट्ट (कैलाली) तथा माओवादीले महिलातर्फ रेणु चन्द (बैतडी)लाई उम्मेदवार बनाएको छ।

राष्ट्रियसभामा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने तीन जनाको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ। राष्ट्रियसभा चुनाव माघ ११ गते तोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .