ad ad

सुदूरपश्चिम


कञ्चनपुरमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु, कैलालीमा वृद्धको शव फेला

कञ्चनपुरमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु, कैलालीमा वृद्धको शव फेला

नेपालखबर
असोज ४, २०८१ शुक्रबार १७:४०, कञ्चनपुर

कञ्चनपुरमा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्लाफाँटा नगरपालिका–४ पिपलाडीका ३६ वर्षीय राज कुमार डगौँरोको डुबेर मृत्यु भएको हो।

शुक्लाफाँटा नगरपालिका–११ दिपनगरस्थित सडकको नालीमा जम्मा भएको पानीमा माछा मार्ने क्रममा बुधबार बिहान डगौँरा डुबेर घाइते भएका थिए। भारतको भोजपुरास्थित अस्पतालमा थप उपचारको क्रममा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, कैलालीको गोदावरी नगरपालिका–२ रीङरोडस्थित होटलमा एक जना वृद्ध मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बैतडी पुर्चौडी होटलको कोठामा डडेल्धुरा पर्शुराम नगरपालिका–२ का ७२ वर्षीय काशी सिंह बोहरा मृत अवस्थामा फेला भेटिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .