भारतमा प्यासेन्जर भेहिकलमा सबैभन्दा बढी हिस्सा मारूती सुजुकीले ओगटेको छ।
जुन महिनामा मारुती सुजुकीले सबैभन्दा बढी ४०.६ प्रतिशत बजार हिस्सा ओगटेको छ।
फेडेरेसन अफ अटोमोबाइल डिलर एसोसिएसन (फाडा)को तथ्यांकअनुसार मारुती सुजुकीले २०२१ को जुनमा ७४ हजार ७५२ गाडी बिक्री गरेको छ।
हुन्डाई मोटर्स दोस्रोमा रहेको छ। जसले १८.७ प्रतिशत बजार हिस्सा ओगट्दै ३४ हजार ४३१ बिक्री गरेको छ।
टाटा मोटर्सले २० हजार ३७३ वटा गाडी बिक्री गरेको छ भने किया मोटर्सले १४ हजार ८७५ वटा गाडी बिक्री गरेको छ।
महिन्द्रा एन्ड महिन्द्रा लिमिटेड १२ हजार ३९२ प्यासेन्जर गाडी बिक्री गरेको छ।
त्यस्तै रेनोले ५ हजार ४८१, टोयोटा ५ हजार २७९, होन्डा कार ४ हजार ६८८, फोर्ड २ हजार ७९०, एमजी २ हजार ६६३, निशान मोटर्स २ हजार १९५ स्कोडा १ हजार ७४७, मर्सिडिज ५४३ वटा बिक्री गरेका छन्।
132
Shares
प्रतिक्रिया