नेपालको लागि केइ अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी इमोबिलिटीले आउँदै गरेको नाडा अटो शोमा ३ मोडल लन्च गर्ने भएको छ।
कम्पनीले आफ्ना ३ वटा गाडीका मोडलको नाम बताई पुरस्कार जित्ने सोसियल मिडिया क्याम्पेन सुरु गरेको हो।
यसअन्तर्गत सहभागिता जनाउन केइ नेपालको फेसबुक तथा इन्स्टाग्राम पेजमा गई उक्त प्रश्नको उत्तर लेख्नुपर्नेछ। क्याम्पेनमा सहभागी हुन केइ नेपालको फेसबुक पेज र इन्स्टाग्राम पेज रहेको छ।
सहभागीमध्ये सबै तीन मोडलहरूको सही पहिचान गरी उत्तर दिने एक जना भाग्यशाली विजेताले जर्मन प्रतिष्ठित ब्रान्ड बोशको मिक्सर ग्राइण्डर प्राप्त गर्नेछन्।
केइ नेपालको सोसियल मिडिया फलोअर्स र फेन्सहरुले यस रमाइलो क्याम्पेनमा अनुमान गरी भाग्यशाली विजेता बन्न सक्ने कम्पनीले उल्लेख गरेको छ। यो क्याम्पेन भदौ १० गतेसम्म चल्ने बताइएको छ।
आउदै गरेको नाडा अटो शोमा केइ अटोमोबाइल्स को स्टल नं एच१६ मा आई केई ब्रान्ड र नाडामा लन्च गरिने केइका गाडीहरुबारे जानकारी लिन सकिने कम्पनीले जनाएको छ।
Shares
प्रतिक्रिया