ad ad

अटो


फोर्स मोटर्सको शोरुम इटहरीमा पनि

फोर्स मोटर्सको शोरुम इटहरीमा पनि

नेपालखबर
माघ २१, २०७६ मंगलबार १०:२४,

हिमालय अर्गनाईजेसन अन्तर्गतको फोर्स मोटर्सको शोरुम प्रदेश नं १ को प्रमुख शहर इटहरीमा पनि शुभारम्भ भएको छ।

शोरुमको मंगलबार एक कार्यक्रमकाबीच प्रदेश नं. १ का कानुन, न्याय तथा आन्तरिक मामिला मन्त्री हिक्मत कार्की तथा आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुबवहादुर थापाले संयुक्त रुपमा उद्घाटन गरे। उक्त कार्यक्रमा फोर्स मोटर्स इन्डियाबाट अन्तर्रास्ट्रीय कन्ट्रीहेड़ सुनिल शंकरको उपस्थिति रहेको थियो।

स्थानीयको फोर्सका गाडीहरुप्रतिको आर्कषण तथा स्थानीय क्षेत्रमा सेवा सुविधाउपलब्ध गराउने उदेश्यले फोर्सको शाखा इटहरी मा विस्तार गरिएको हो। इटहरीको बजारमा साना सार्वजनिक सवारीहरुको माग उच्च रहेको छ। बिशेस छुट रहेको उक्त कार्यक्रमकाबीच मन्त्री कार्कीको हातबाट २ वटा नयाँ गाडीको चाबी समेत हस्तन्तरण गरिएको छ।

DSC03869_copy.jpg

बिगत ५ वर्षदेखि आयाम इन्टरकन्टिनेन्टल प्रालिले नेपालमाफोर्स ब्राण्डका गाडीहरु आयात तथा बिक्रीवितरण गर्दै आईरहेको कम्पनीका निर्देशक रामचन्द्र कोइरालाले बताए। फोर्स मोटर्सले नेपालमै सबै भन्दा बढि सिट क्षमताभएको १४ सिटे ट्रयाक्स क्रुजर जिप बिक्री गर्दै आईरहेको छ भने कार्गो किंगपिकप, ट्राभलर बस, मिनिबसहरु तथा एम्बुलेन्स पनि नेपाली बजारमा उपलब्ध गराउदै आएको छ।

यस गाडीको काठडौंको गैरिधारामा, पोखराको चाउथेमा र इटहरीमा आफ्नै शोरुम रहेको छ। देश भर २२ वटा डिलर तथा सर्भिस नेटवर्क बाट फोर्स विक्री भईरहेको प्रवन्धक निर्देशक निरन केसीले बताए।

विक्रीसँगै विक्री पछिको सेवाका साथै सहज रुपमा स्पेयर पार्टसहरुको उपलब्धतालाई आयाम इन्टरकन्टिनेन्टल प्रा।लि ले प्रमुख प्राथमिकता रखेको छ। फोर्स गाडीहरु विषेश रुपमा टिकाउ र ईन्धनकिफायती र आरामदायीको लागीप्रख्यात छन्। यी गाडीहरुमा ३ वर्ष वा ३ लाख किमी सम्मको वारेन्टी सुविधाका साथै ७ पटकसम्म निशुल्क सर्भिस सुविधा पनि उपलब्ध रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .