ad ad

अटो


दुई दशकपछि पहिलोपटक रोकियो अटो व्यवसायीको ‘महाकुम्भ’

दुई दशकपछि पहिलोपटक रोकियो अटो व्यवसायीको ‘महाकुम्भ’

वसन्त अर्याल
साउन २६, २०७७ सोमबार १२:७,

सन् १९९८ देखि निरन्तर हुँदै आएको नाडा अटो शो २१ वर्षपछि रोकिएको छ। कोभिड १९ को कारण यो वर्ष पहिलोपटक अटो शो रोकिएको हो।

नेपालमा सन् १९९८ देखि २०१९ सम्म १४ वटा अटो शो भएका थिए। सन् २०११ सम्म दुई वर्षमा एकपटक हुने गरेकोमा त्यसपछि हरेक वर्ष अटो शो हुँदै आएको थियो।

‘आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्न नाडा अटो शो हुँदै आएको थियो’, नाडाका अध्यक्ष कृष्ण दुलालले नेपालखबरसँग भने, ‘अहिले कोभिड १९ को कारण यो दशैँअघि अटो शो गर्ने अवस्था रहेन।’

उनले कोभिड १९ को अवस्था सामान्य भए २०२१ को सुरुमा गर्ने योजना रहेको बताए।

nada auto 2019. 3
गत वर्ष भृकुटीमण्डपमा भएकाे नाडा अटाे शाेकाे झलक। तस्बिरः प्रविन काेइराला

नाडा अटो शोमा व्यवसायीले नयाँ ‘प्रोडक्ट’ लञ्चसहित आकर्षक अफर ल्याउने गरेका थिए। यो ग्राहक र अटो व्यवसायी दुवैका लागि सवारी मेलाजस्तो थियो। क्रेता र बिक्रेता दुवै सवारीसाधन खरिदको लागि नाडा अटो शो कुरेर बस्ने गरेका थिए।

यो वर्ष भने कोभिड–१९को कारण व्यवसायीले आफ्नो प्रोडक्ट अनलाइनमार्फत प्रवद्र्धन गर्ने योजना बनाएका छन्।

‘लकडाउनपछि ल्याएको अफरलाई हामीले चाडपर्वसम्म निरन्तरता दिन्छौँ। यसको प्रचार अनलाइनमार्फत गर्दै आएका छौँ’, फक्सवागन गाडीको लागि आधिकारिक बिक्रेता पूजा इन्टरनेसनलका कार्यकारी अधिकृत विवेक बिजुक्छेले भने।

किया मोटर्सले नाडा अटो शो नभए पनि नयाँ पोडक्ट अनलाइनमार्फत प्रवर्द्धन गर्ने जनाएको छ। 

‘दशैँसम्म कियाको सोनेट गाडी ल्याउने कोशिसमा छौँ’, किया मोटर्सका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका असिष्टेन्ट जनरल म्यानेजर अनिस लामिछानेले भने, ‘आकर्षक अफरका साथ अनलाइनमार्फत बजार प्रवद्र्धन गर्छौँ।’

फोर्स मोटर्सको आधिकारिक वितरक आयम इन्टरकन्टिनेन्टलका अध्यक्ष ध्रुव थापाले अनलाइनमार्फत प्रवर्द्धनको विकल्प नभएको बताए।

nada auto 2019. 11

‘अहिले ठूलो व्यापार हुने सम्भावना पनि कम छ। पहिला ज्यान बचाउनुपर्यो त्यसपछि बल्ल व्यापारको कुरा हुन्छ’, उनले भने, ‘फोर्स मोटर्सले आफ्ना स्किम र प्रोडक्टको बारेमा अनलाइनमार्फत जानकारी दिन्छ।’

‘यो वर्ष गरे पनि फाइदा हुँदैन’
नाडाका पूर्वअध्यक्ष शम्भु दाहालले हरेक वर्ष नाडा अटो शो गर्दा ६० करोड बढी खर्च हुने गरेको बताउँदै यो वर्ष गर्नसक्ने अवस्था नभएको बताए। उनले सबै व्यवसायीको व्यापारमा ठूलो गिरावट आएकाले नाडा अटो शोमा लाग्ने खर्च उठाउने अवस्था समेत नभएको उनको भनाइ छ।

‘कोभिड १९को अवस्थामा पहिला त ज्यान जोगाउनुपर्यो’, दाहालले भने ‘नाडा अटो शो तत्कालको फाइदाको लागि भन्दा पनि ४/५ वर्ष पछिसम्म फाइदा होस् भनेर गरिन्छ। यो वर्ष सबै व्यापार ठप्प भएकाले नाडामा लाग्ने खर्च उठाउनसक्ने अवस्था छैन।’

nada auto sho gata barsa 2

दाहालले यो वर्ष नाडा अटो शो नगर्दा अटो व्यवसायमा ठूलो प्रभाव नपर्ने पनि बताए।

‘मानिससँग गाडी किन्नको लागि पैसा नै छैन। नाडा अटो शो गरेर आकर्षक अफर ल्याए पनि धेरै किन्नसक्ने अवस्था देखिँदैन’, उनले भने, ‘ हरेक वर्ष नाडा अटो शोमा अर्बौँ आम्दानी हुने देखिएको चाडपर्व र अफरले गर्दा हो।’

यस्तो छ नाडाको इतिहास
सन् १९९८ मा अटो शो सुरु गर्दा नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजले संयुक्त रुपमा आयोजना गरेका थिए। २०१३ पछि नाडा एक्लैले अटो शो आयोजना गर्नथालेको हो।

पहिलो अटो शो सन् १९९८
मितिः ५–८ नोभेम्बर १९९८
स्थानः भृकुटी मण्डप प्रदर्शनी हल
आयोजकः नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (संयुक्त)
सहभागी कम्पनीः २६

दोस्रो शो सन् २०००
मितिः २२–२६ नोभेम्बर २०००
स्थानः भृकुटी मण्डप प्रदर्शनी हल
आयोजकः नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज
सहभागी कम्पनीः ३१

तेस्रो नाडा शो सन् २००४
मितिः १८–२२ फेब्रुअरी २००४
स्थानः वीरेन्द्र अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र
आयोजकः नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज
सहभागी कम्पनीः ६२

चौथो नाडा शो २००७
मितिः २७ सेप्टेक्बर–१ आक्टोबर २००७
स्थानःवीरेन्द्र अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र
आयोजकः नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज
सहभागी कम्पनीः ४३

पाँचौं नाडा शो २००९
मितिः २८ अगस्ट–१ सेप्टेम्बर २००९
स्थानः भृकुटी मण्डप प्रदर्शनी हल
आयोजकः नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज
सहभागी कम्पनीः ३२

छैटौं नाडा शो २०११
मितिः ७–११ सेप्टेम्बर २०११
स्थानः भृकुटी मण्डप प्रदर्शनी हल
आयोजकःनेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज
सहभागी कम्पनीः३८

सातौं नाडा शो २०१२
मितिः १९–२३ सेप्टेम्बर २०१२
स्थानः भृकुटी मण्डप प्रदर्शनी हल
आयोजकः नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज
सहभागी कम्पनीः ५५

आठौं नाडा शो २०१३
मितिः ११–१५ सेप्टेम्बर २०१३
स्थानः भृकुटी मण्डप प्रदर्शनी हल
आयोजकःनेपाल अटोमोबाइल डिलर्स एसोसिएसन
सहभागी कम्पनीः ४०

नवौं अटो नाडा शो २०१४
मितिः ३–८ सेप्टेम्बर २०१४
स्थानः भृकुटी मण्डप प्रदर्शनी हल
आयोजकः नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन
सहभागि कम्पनीः ५०

दशौं नाडा अटो शो २०१५
मितिः १५–२० सेप्टेम्बर २०१५
स्थानः भृकुटी मण्डप प्रदर्शनी हल
आयोजकः नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन
सहभागी कम्पनीः ६५

एघारौं नाडा अटो शो २०१६
मितिः ३० अगस्ट–४ सेप्टेम्बर २०१६
स्थानः भृकुटी मण्डप प्रदर्शनी हल
आयोजकः नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल
सहभागी कम्पनीः ७४

बाह्रौं नाडा अटो शो २०१७
मितिः२९ अगस्ट–३ सेप्टेम्बर २०१७
स्थानःभृकुटी मण्डप प्रदर्शनी हल
आयोजकः नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल
सहभागी कम्पनीः ९०

तेह्रौँ नाडा अटो शो २०१८
मितिः ११ सेप्टेम्बरबाट १६ सेप्टेम्बर २०१८
स्थानः भृकुटी मण्डप प्रदर्शनी हल
आयोजकः नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल
सहभागी कम्पनीः ७१

चौधौं नाडा अटो शो २०१९
मितिः अगस्ट २७ देखि १ सेप्टेम्बर–२०१९
स्थानःभृकुटी मण्डप प्रदर्शनी हल
आयोजकः नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल
सहभागी कम्पनीः ९५ ब्रान्ड

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .