ad ad

अटो


बरुण मोटर्सद्वारा किया कारको भैरहवामा बिक्री सुरु

बरुण मोटर्सद्वारा किया कारको भैरहवामा बिक्री सुरु

प्रकाश न्यौपाने
असोज ३०, २०७७ शुक्रबार ११:७,

बरुण मोटर्सले भैरहवामा किया कम्पनीका कारको बिक्री वितरण सुरु गरेको छ।

नेपालको लागि दक्षिण कोरियाली अटो निर्माता कियाको अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राईजेज प्रालिले भैरहवा क्षेत्रमा किया कारको बिक्री, वितरण र बिक्रि पछिको सेवाको जिम्मा (डिलरसिप) मोर ग्रुप अन्तरगतको वरुण मोटर्सलाई दिएको छ।

ग्रुपले भैरहवामा कियाको बिक्री वितरणको जिम्मा लिएपछि कियाका साथ आफूहरु गुणस्तरमा उपल्लोतहकोे ब्राण्डसँग जोडिएको ग्रुपका अध्यक्ष रमेशकुमार अग्रवालले बताए। बरुण मोटर्सले कियाका सबै ब्राण्डहरुका कारहरु बिक्री गर्ने मात्र नभई बिक्रीपछिका सबै सेवाहरु प्रदान गर्ने र आधुनिक सर्भिस सेन्टर समेत उपलब्ध गराउने अध्यक्ष अग्रवालको जनाए।

कियाका कारहरु बिक्री वितरणको जिम्मासँगै बरुणले कियाको लोकप्रिय एसयुभी सेल्टोस, सोनेट र स्पोर्टटेजको बिक्री, वितरण तथा प्रबर्द्धन कार्य समेत सुरु गरेको निर्देशक राहुल अग्रवाल बताए।

‘अहिले मुख्य रुपमा सेल्टोस बिश्व अटो बजारमा निकै लोकप्रिय बन्दै गएको र सेल्टोस कियाको भारतमा उत्पादन भई नेपाल भित्रिएको पहिलो गाडी हो। हामीले यो गाडी पनि विक्री सुरु गरेका छौं’, निर्देशक अग्रवालले भने।

यसअघिका कियाका गाडीहरु कोरियाबाटै आयात हुन्थे। कियाले सन् २०१९ मा भारतमा प्लान्ट राखेर उत्पादन सुरु गरेको हो। सेल्टोस भारतीय बजारमा प्रबेश गरेको १० दिनमै सर्वाधिक बिक्री हुने मिड– एसयुभि बन्न सफल भएको थियो।

भारत ६ इन्जिन जडित सेल्टोस कियाको ग्लोवल मोडल हो। यसले विश्वभरका मिड एसयूभी पारखीहरुबाट उत्साहजनक प्रतिक्रिया पाएको र भैरहवा क्षेत्रमा पनि धेरैले मन पराइसकेको अध्यक्ष अग्रवालले जनाए। यो गाडी अहिलेसम्म भैरहवामा २० वटा बुकिङ भइसकेको उनले जनाए।

‘भारतमा सेल्टोस धेरै लोकप्रिय भैसकेको छ र नेपालमा पनि धेरैले रुचाउनु भएको छ’, अध्यक्ष अग्रवालले भने।

भारतमा ११ महिनामै १ लाख भन्दा बढी सेल्टोस र सोनेट कार बिक्री भएका थिए। सेल्टोसमा १० इन्चको स्क्रिन, बोस म्युजिक सिष्टम, फ्रन्ट र व्याक एलईडी लाइट, एअर प्युरिफायर, डि कट स्टेरिङ, युभि ग्लास, भेन्टिलाटेड सिट र अन्य विशेषता रहेको कम्पनीले जनाएको छ।

अन्य कम्पनीका महंगो गाडीहरुमा रहेका प्रायः सबै विशेषताहरु यो गाडीमा रहेको र मूल्यसमेत अन्यको तुलनामा कम रहेकाले यसमा सबैको आकर्षण बढ्ने निर्देशक अग्रवालले विश्वास गरे।

‘भारतमा निर्माण भएकाले यसका सामानहरु सुपथ मूल्यमा बजारमा पाइने छन् । यसले गर्दा झन सजिलो हुने छ र सर्भिस सेन्टरमा २४ घन्टानै सेवा उपलब्ध हुनेछ’, उनले भने।

कियाका कारहरु सेतो, कालो, रातो, खैरो, सुन्तला लगायत रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। कारको मूल्य ४९ लाख ९० हजारदेखि १ करोड १० ला ९० हजारसम्म रहेको कम्पनीले बताएको छ।

यस ग्रुप खनिज, बैंक तथा वित्त उत्पादनमूलक, खाद्यान्न, साथै रियल स्टेट क्षेत्रमा समेत ख्याती कमाएको व्यावसायिक घराना हो। यो ग्रुपले तीन वर्षअघि अटोमोबाइल क्षेत्रमा समेत प्रवेश गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .