ad ad

अटो


लक्ष्मी हुण्डाईद्वारा ‘क्लिक टु बाई’ सेवा सुरु

लक्ष्मी हुण्डाईद्वारा ‘क्लिक टु बाई’ सेवा सुरु

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार १४:५५,

नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.(लक्ष्मी हुण्डाई) ले ‘क्लिक टु वाई’ सेवाको सुरुवात गरेको छ।

हाल कोभिड–१९ को बदलिँदो परिस्थितिलाई सहज बनाउन कम्पनीले ग्राहकहरुका लागि एक नौलो बिक्री माध्यमको विकास गरेको हो।

यस माध्यममार्फत ग्राहकहरुले सम्पर्कविहीन वा सीमित सम्पर्कमा सजिलै अनलाइनबाट आफूलाई चाहिएको हुण्डाई गाडी खरिद गर्न सक्नेछन्।

लक्ष्मी हुण्डाईले हाल कोभिड–१९ को सावधानीस्वरुप सामाजिक दूरी कायम राख्दै आफ्ना ग्राहकहरुलाई उत्कृष्ट तथा नौलो सुविधा प्रदान गर्नको लागि आफ्नो आधिकारिक वेबसाइटबाट ‘क्लिक टु वाई’ सेवाको सुरुवात गरेको हो।

ग्राहकहरुका लागि गाडी खरिदको प्रक्रिया सहज बनाउनको लागि, यस प्रणालीमार्फत ग्राहकहरुले आफूलाई चाहिएको गाडी सजिलै खोजेर छनौट गरी त्यस गाडीको विभिन्न विशेषताहरु, मूल्य, छुट तथा अन्य विभिन्न फाइदाहरुको साथै आफूलाई चाहिएको गाडीको उपलब्ध रहेका विभिन्न रंगहरुको छनौट गरी खरिद गर्न सक्नेछन्।

ग्राहकहरुले उपलब्ध रहेको गाडीको जानकारी र अफरहरुबाट सन्तुष्ट भएपछि गाडी खरिदका लागि अनलाइनबाट कोटेसन जारी गर्नका साथै ‘क्लिक टु वाई’ पोर्टलमा प्रदान गरिएको भुक्तानी गेटवेमार्फत सजिलै आफूलाई चाहिएको गाडी बुक गर्न सक्नेछन्।

यसका साथै आवश्यकता परेमा बैंक फाइनान्सको पनि प्रक्रिया अनलाइनमार्फत गर्न सक्नेछन् अथवा अनलाइन ट्रान्सफर वा चेक मार्फत डिलरशिपलाई बाँकी रकम तिरेर उनीहरूको उपयुक्त स्थानमा गाडीको डेलिभरी लिन सक्नेछन्।

लक्ष्मी इन्टरकन्टिनेन्टलले यदि ग्राहकहरुले हुण्डाई ‘क्लिक टु वाई’ प्रयोग गरी हुण्डाई गाडी खरिद गरेमा १० हजार रुपैयाँको सर्भिस भौचर प्रदान गर्नेछन्। ग्राहकहरुले यस सर्भिस भौचर हुण्डाईका नेपालभर रहेका कुनै पनि क्षेत्रीय बिक्री सेवा नेटवर्कबाट स्पेयर पार्टस् र ल्युब्रिकेन्ट्सको खरिदमा प्रयोग गर्न सक्नेछन्।

ग्राहकहरुलाई यस सर्भिस भौचरको मान्यता गाडी डेलिभरी गरेको मितिबाट १ वर्षसम्म रहनेछ। हुण्डाईका गाडीहरु सधैँ नेपाली ग्राहकहरुको छनौटमा पर्न सफल हुँदै आएको कम्पनीको दाबी छ। आफ्ना ग्राहकहरुलाई उत्कृष्ट र नौलो सेवा अनुभूति प्रदान गर्न लक्ष्मी हुण्डाई सधैँ तत्पर रहेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .