ad ad

अटो


बजारमा नयाँ राइड सेयरिङ प्लेटफर्म : एम्बुलेन्सदेखि टुर प्याकेजसम्मको सेवा

बजारमा नयाँ राइड सेयरिङ प्लेटफर्म : एम्बुलेन्सदेखि टुर प्याकेजसम्मको सेवा

नेपालखबर
मंसिर १८, २०७७ बिहिबार ८:५८,

नेपाली बजारमा नयाँ राइड सेयरिङ कम्पनी ‘एटेन्ड’ आएको छ। मोफसलमा समेत सेवा दिने गरी एटेन्डले सेवा सुरु गरेको हो।

कम्पनीले राइड सेयरिङमा मात्रै सीमित नभएर एम्बुलेन्स, शववाहन, टुर प्याकेज समेत समावेश गरेको उल्लेख गरेको छ। सेवाग्राहीले आफूलाई आवश्यक परेको सेवा चौबीसै घण्टा लिनसक्ने कम्पनीले जानकारी दिएको छ।

एपबाटै घुमफिर वा एयर एम्बुलेन्स सेवाका लागि हेलिकप्टरसमेत बुक गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीले प्याकेज सुविधाको अवधारणालाई समेत अघि सारेको बताएको छ। जसमा अग्रिम बुकिङ सेवाका साथै चालकसहित वा चालकविनाको गाडी लैजानेदेखि इन्धनसहित वा आफैँले इन्धन भर्न सकिने बताएको छ।

एटेन्डबाट राइड सेयरिङ सेवा लिने सबै यात्रु र चालकको बीमा हुनेछ। कुनै दुर्घटना भएमा घाइतेलाई तीन लाख र मृत्यु भएमा पाँच लाख रुपैयाँसम्मको बीमा गरिएको कम्पनीले बताएको छ।

अहिले नेपालमा टुटल, पठाओलगायतले पनि राइड सेयरिङ सेवा दिइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .