ad ad

अटो


बालाजुमा मोटरहेड मोटरसाइकलको ‘थ्रि एस’ शाखा विस्तार

बालाजुमा मोटरहेड मोटरसाइकलको ‘थ्रि एस’ शाखा विस्तार

नेपालखबर
मंसिर १९, २०७७ शुक्रबार ७:४९,

मोटरहेड मोटरसाइकलले बालाजुमा ‘थ्रि एस’ शाखा विस्तार गरेको छ।

मोटरहेड बाइकको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले ग्राहकसामु आफ्नो पहुँच अझ नजिक बनाउन र आफ्ना सेवा विस्तार गरेको जनाएको छ।

एसजी अर्गनाइजेसनअन्तर्गत मोटरहेड ब्राण्डका मोटरसाइकल तथा स्पेयर पार्ट्सको शाखा उद्घाटन काठमाडौं महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष मुकुन्द रिजालले गरेका हुन्।

motor head1

शुक्रबार भएको उद्घाटनमा विशेष अतिथिका रुपमा नेपाल रिकन्डिसन एसोसिएसनका पूर्वअध्यक्ष बीएन पाठक तथा नेपाल अटो ट्रेड युनियनको तर्फबाट माधव पाण्डेको उपस्थिति थियो।

अटोमोबाइल क्षेत्रमा छोटो समयमै आफ्नो सबल व्यवस्थापनले ब्राण्डलाई स्थापित गर्न सकेको यस कम्पनीले ललितपुर र भक्तपुरपश्चात् यो तेस्रो शाखा ग्राहकहरुको सहजताको निमित्त सञ्चालनमा ल्याएको कम्पनीका जनरल म्यानेजर उज्वल जोशीले जानकारी दिए।

motor head3

कम्पनीले बालाजु शाखा उद्घाटन अवसरमा ग्राहकलाई नयाँ मोटरसाइकल खरिदमा १५ हजार छुट, स्पेयर पार्टसमा १० प्रतिशत छुट, सर्भिसिङ चार्जमा ५० प्रतिशत छुट रहेको बताएको छ।

कम्पनीले टेक्कन २५०, स्क्राम्बर २५०, स्पोर्टस रोड २५०, स्पोर्टस अफरोड २५०, एक्स–टर्क २५०, एमएच–२००एक्स, एमएच–१५०आर गरी डर्ट, स्क्रयाम्ब्लर र क्रसओभर सेगमेन्टगरी ७ मोडलका मोटरसाइकल बिक्री गर्दै आएको छ।

कम्पनीले मोटरहेड ब्राण्डका आफ्ना ग्राहकहरुको क्रेज र ब्राण्डप्रतिको मोहलाई अझ बढाउन दिन भविष्यमा अन्य मोडलहरु अत्याधुनिक प्रविधिको साथ बजारमा ल्याउने बताएको छ।

motor head4

मोटरहेडको धोबीघाट, गठ्ठाघर र बाजालुमा शाखाबाहेक उपत्यकामै टेकु र चाबहिलमा डिलर रहेका छन्। काभ्रेको बनेपासहित उपत्यकाबाहिर पोखरा, बाग्लुङ, चितवन, दाङ, नेपालगञ्ज, सुर्खेत, इटहरी, वीरगञ्जमा समेत डिलर रहेको कम्पनीले जानकारी दिएको छ।

कम्पनीले ग्राहकहरुमा दुविधा नरहोस् भन्ने उद्देश्यले नै यस ब्राण्डलाई अझ विश्वासिलो र भरपर्दो बनाउन सुरुवाती कालदेखि नै स्पेयर तथा सर्भिसमा विशेष ध्यान पु¥याउँदै आएको बताएको छ।

Motor head 5

जोशीले भविष्यमा पनि उपत्यका तथा अन्य बजारमा कम्पनीले आधिकारिक सर्भिस सेन्टर तथा स्पेयर पार्ट्स सञ्चालनमा ल्याई ग्राहकहरुमाझ सन्तुष्टिको आभास कायम राख्ने विश्वास दिलाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .