ad ad

अटो


एमभी अगष्टाको ४ नयाँ मोडल नेपाली बजारमा, यस्तो छ मूल्यसुची

एमभी अगष्टाको ४ नयाँ मोडल नेपाली बजारमा, यस्तो छ मूल्यसुची

नेपालखबर
पुस १, २०७७ बुधबार १२:४२,

नेपालमा प्रिमियम स्पोर्टस बाइकको क्रेजलाई मध्यनजर गर्दै भेलोसिटी प्रा.लि. ले बजारमा एमभी अगष्टाको ४ नयाँ मोडलहरु नेपाली बजारमा भित्राएको छ। सन् १९०७ मा उड्डयन कम्पनीबाट थालनी गरेकोे एमभी अगष्टा आजको दिनमा इटालियन मोटरसाइकल उत्पादन गर्ने एक बहुप्रतिष्ठित कम्पनीको रुपमा स्थापित भएको छ।

नेपाली बजारमा प्रवेश गरेका ब्रुटल८०० आरआर, ड्रयागस्टार८०० आरआर पिरिली (लिमिटेड एडिसन), टुरिज्मो भेलोभ८०० र ड्रयागस्टार८०० आरआर अमेरिका (लिमिटेड एडिसन) एमभी अगष्टाका उष्कृष्ट बाइकहरु हुन्। ८०० सीसी इन्जिन क्षमता रहेको ब्रुटल८०० आरआर, ड्रयागस्टार८०० आरआर पिरिली (लिमिटेड एडिसन) र ड्रयागस्टार८०० आरआर अमेरिका (लिमिटेड एडिसन) मा १४० बीएचपीको पावर र ८७ एनएमको टर्क रहेको छ।

नेपाली बजारमा ‘ब्रुटल ८००आरआर’ को मूल्य रु. ४८ लाख ९० हजार रहेको छ र ड्रयागस्टार८०० आरआर पिरिली (लिमिटेड एडिसन)को मूल्य ५९ लाख ९० हजार रहेको छ भने ड्रयागस्टार८०० आरआर अमेरिका (लिमिटेड एडिसन) को मूल्य ५७ लाख ९० हजार रहेको छ। त्यसै गरी ८०० सीसीको टुरिज्मो भेलोभ८०० मा ११० बीएचपीको पावर र ८० एनएमको टर्क रहेको छ। निलो र डार्क ग्रे रंगमा उपलब्ध यस बाइकको मूल्य रु. ५७ लाख ९० हजार रहेको छ।

एमभी अगष्टामा सर्वोत्कृष्ट पर्फमेन्सका साथै प्रतिष्ठित डिजाईन रहेको छ र यसमा एडभान्स तथा उच्चस्तरीय पदार्थ र इन्जिनियरिङ टेक्नोलोजी प्रयोग गरिएको छ। एमभी अगष्टाको हरेक मोटरसाइकलहरु अटोमेसन नभई दक्ष व्यक्तिहरुको हातबाट जडान गरिएको छ। एसजे मोटो, कान्तिपथ, काठमाडौंमा अवस्थित एमभी अगष्टाको शोरुम मार्फत ग्राहकहरुले खरिद, सर्भिस, स्पेयर पार्टस् तथा एसेसोरिजहरु प्राप्त गर्न सक्नेछन्।

थप जानकारीको लागि ९७७ ९८०११७७३०२ मा सम्पर्क गर्न आग्रह गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .