ad ad

अटो


नेपाली बजारले रुचाएको मारुती सुजुकी ‘भिटारा ब्रेजा’, पेट्रोल भेरिएन्टमात्रै झण्डै ७ सयवटा बिक्री

नेपाली बजारले रुचाएको मारुती सुजुकी ‘भिटारा ब्रेजा’, पेट्रोल भेरिएन्टमात्रै झण्डै ७ सयवटा बिक्री

नेपालखबर
पुस १३, २०७७ सोमबार ७:५९,

नेपाली बजारमा मारुती सुजुकी भिटारा ब्रेजा सफल मानिन्छ। ४ वर्षअघि १.३ लिटरको डिजेल इन्जनमा नेपाल भित्रिएको भिटारा ब्रेजा गत असारबाट १.५ लिटरको पेट्रोल इन्जिनमा पनि नेपाल आएको हो।

विश्वमै स्थापित ब्राण्ड सुजुकीका प्यासेन्जर भेहिकलले नेपाली बजारमा उत्साह बढाउँदै आएका छन्। ब्रेजा ४ वर्षपहिलेको तुलनामा अझ राम्रो पर्फमेन्स, पावरसहित आएको पेट्रोल इन्जिन ब्रेजाले राम्रो बिक्री गरेको छ।

नयाँ ब्रेजा बीएस ६ मापदण्डयुक्त पेट्रोल इन्जिनमा उपलब्ध भएको हो। मारुती सुजुकीको आधिकारिक बिक्रेता सिजी मोटोकर्पले पेट्रोल इन्जिनको ब्रेजामात्रै करिब ७ सयको हाराहारीमा बिक्री भएको जनाएको छ।

सुजुकी ब्राण्डले नेपाली ग्राहकको मन जितिसकेको छ। गाडी बिक्रीपछिको सर्भिस, स्पेयर पाट्र्स राम्रो छ। ग्राहकले गाडी चढेको केही वर्षमा अर्को गाडी फेर्छु भन्दा पनि राम्रो ‘रिसेल भ्यालु’ पाउँछ।

१.५ लिटरको पेट्रोल इन्जिन नयाँ ब्रेजाले १०३ बीएचपी पावर र १३८ एनएम टर्क जेनेरेट गर्छ। यसका साथ ५–स्पिड म्यानुअल र ४–स्पिड अटोमेटिक गियरबक्स अप्सन छ।

म्यानुअल गियरबक्समा ब्रेजाको माइलेज १७.०३ किलोमिटर र स्मार्ट हाइब्रिड टेक्नोलोजीका साथ आउने अटोमेटिक ट्रान्समिसन भेरिएन्टको माइलेज १८.७६ मिलोमिटर भएको कम्पनीले दाबी गरेको छ।

५ स्पिड म्यानुयल गियरबक्स भएको नयाँ बे्रजामा १४६२ सीसी क्षमताको ‘के १५ बी’ इन्जिनले अधिकतम ६ हजार आरपीएममा १०५ बीएच पावर र ४ हजार ४ सय आरपीएममा १३८ एनएम टर्क प्रदान गर्छ।

नयाँ भिटार ब्रेजामा सेग्मेन्टमै पहिलो पटक डुअल च्याम्बर एलईडी प्रोजेक्टर हेडल्याम्प, अटो फोल्डिंग ओआरभीएम सहित १७÷७८ सेन्टिमिटरको टचस्क्रिन स्मार्ट प्ले स्टुडियो, अटो एसी, भ्वाइस कमान्ड, स्मार्ट की, एलईडी फगल्याम्प, अटो डिमिंग आईआरभीएम, रेन सेन्सिंग वाईपर, क्रुज कन्ट्रोल, डाईमन्ड–कट एलोई ह्विल लगायत विशेषता रहेका छन्।

सेफ्टी फिचर्समा समेत ब्रेजाका थुप्रै विशेषता रहेका छन् । जसमा स्टेट अफ आर्ट टीईसीटी च्यासिस्, डुअल एअरब्याग, ईबीडीसहितको एबीएस, पेडेस्ट्रियन प्रोटेक्सन सिस्टम, रिभर्स सेन्सर, आईएसो फिक्स चाइल्ड एन्करेज र फोर्स लिमिटर प्रिटेन्सनसहितको सिट बेल्ट छन्।

कम्प्याक्ट एसयुभी सेगमेन्टको ब्रेजामा बुट स्पेस ३२८ रहेको छ भने इन्धन ट्यांक क्षमता ४८ लिटर रहेको छ । गाडीको लम्बाई ३९९५ एमएम रहेको छ भने चौडाई १७९० एमएम रहेको छ । यसले गाडीको लुक्सलाई आकर्षक देखाएको छ।

दुई भेरियन्टमा रहेको भिटारा ब्रेजाको मूल्य भिएक्सआईको ४१ लाख ६९ हजार र जेडएक्सआईको मूल्य ४४ लाख ६९ हजार रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .