ad ad

अटो


ईटुएम अटो पार्टसको आउटलेट काठमाडौंको बसुन्धारामा

ईटुएम अटो पार्टसको आउटलेट काठमाडौंको बसुन्धारामा

नेपालखबर
फागुन २, २०७७ आइतबार ११:५२,

ईटुएम अटो पार्टसको आउटलेट काठमाडौंको बसुन्धारामा खुलेको छ। अटो मोबाइल क्षेत्रमा करिब १२ वर्ष अनुभव हासिल गरेका बिनोद अधिकारी र बिमल पौडेलको सह लगानीमा इन्जिन टु मुफ्लर्स प्रालि (ईटुएम) सञ्चालनमा ल्याएका हुन्।

आउटलेटले मारुति सुजुकी, हुन्डाइ, ड्याट्सन लगायतका गाडीहरुको जेन्युन पार्टपुर्जा उपलब्ध गराउने जानकारी दिएको छ। आउटलेटको उद्घाटन नेपाल अटोमोबाइल एशोसिएसन नाडाका सचिव अनुप बरालले गरे।

काठमाडौं बाहिरका ग्राहकले सामान्य पार्टपुर्जाको अभावमा हप्तौंसम्म गाडीको मर्मत नहुने समस्या सामाधान गर्न कम्पनीले सहयोग गर्ने बताएको छ। कम्पनीले जुनसुकै पार्टपुर्जा १२ घण्टा भित्र नेपालको कुनै पनि स्थानमा यातायातको कुनै पनि माध्यम प्रयोग गरी उपलब्ध गराउने दाबी गरेको छ।

त्यसैगरी कम्पनीले काठमाडौं भित्र कुनै पनि सर्भिस सेन्टर अथवा पाट्र्स व्यवसायीले मागेको स्थानमा मारुति सुजुकी, हुन्डाइ, ड्याट्सन लगायतका गाडीहरुको जेन्युन पार्टपुर्जा होलेसेल मुल्यमा उपलब्ध गराउने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .