ad ad

अटो


निशान म्यागनाईट नेपालमा लन्च हुँदै

निशान म्यागनाईट नेपालमा लन्च हुँदै

नेपालखबर
फागुन ३, २०७७ सोमबार १४:५७,

नेपालमा निशान गाडीको अधिकारिक वितरक तथा बजार ब्यबस्थापक कम्पनि पायोनियर मोटो कर्पले फाल्गुन १० (फ्रेब्रुअरी २२) गते निशानको नयाँ एसयुभी गाडी निशान म्यागनाईट सार्वजनिक गर्ने भएको छ।

नयाँ म्यागनाईट गाडी देशभरका सोरुमहरुमा उपलब्ध गराइने भन्दै ग्राहकहरुले ‘इन्जिनियर्ड इन जापान, इन्सपायर्ड बाई ईन्डिया’ एसयूभी गाडीको अनुभुति लिन पाउने कम्पनीले जनाएको छ।

पायोनियर मोटो कर्प प्रालिका प्रबन्ध निर्देशक संदीप कुमार शारदाका अनुसार नयाँ–निशान म्याग्नाइटको लन्च निशान गाडीको नेपाल बजार र मूल्यवान ग्राहकहरु प्रति प्रतिबद्धताको प्रतीक हो। बिग, बोल्ड, आकर्षक र ‘करिस्मेटिक एसयूभी’ विशेष आकर्षक मूल्यमा आउने र धेरै लामो समयदेखि प्रतिक्षारत ग्राहकहरुका लागि अन्य थुप्रै अफरहरुका साथ आउने छ।

निशानले आफ्नो उत्पादकत्वको विकास गर्दै ‘मेक इन ईन्डिया, मेक फर द वर्ल्ड’ एसयूभीलाई विश्वभरी नै आरम्भ गरिरहेको छ र त्यसो गर्ने पहिलो अन्तर्राष्ट्रिय बजार नेपाल भएको छ। २०२० एक महत्वपूर्ण वर्षको रूपमा लिइएकाले, भारतको बजारमा प्राप्त प्रतिक्रिया र सफलतालाई नेपाली बजारमा पनि दोहोर्याउने निशानको उद्देश्य तथा चहाना रहेको छ।

‘नयाँ निशान म्याग्नाइट निसान नेक्स्ट रणनीतिको लागि महत्त्वपूर्ण हुनेछ। निशान मोटर र्इन्डियाका अध्यक्ष तथा दक्षिण एशिया बजारका इन्चार्ज सिनन ओजकोकका अनुसार नयाँ निशान म्याग्नाइट विश्व बजारको लागि भारतमा निर्मित गाडी हो। नेपाल बजारलाई सधैं उच्च प्राथमिकतामा राखेका छौं, हाम्रो लागि नयाँ निशान म्याग्नाइट पहिलो उत्पादन हो जुन निशानको नेपालको बजार वृद्धिको लागि दिगो साझेदार हुने छ। यो भारत पछि निशान म्याग्नाइट लन्च गरिएको पहिलो अन्तर्राष्ट्रिय बजार हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .