ad ad

अटो


हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२एसप्लस अब नेपालमा, मूल्य कति?

हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२एसप्लस अब नेपालमा, मूल्य कति?

नेपालखबर
फागुन २४, २०७७ सोमबार १४:१०,

हुन्डाई गाडीको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले बहुप्रतिक्षित गाडी हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२एसप्लस सार्वजनिक गरेको छ।

हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२एसप्लस टु भिन्न इन्जिन अप्सनमा उपलब्ध हुनेछन्। १.२ लिटर पेट्रोल इञ्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलोजी जसको ८३पीएस-६०००आरपीएमको सर्वाधिक पावर रहनेछ, तथा १.० टर्बो पेट्रोल इञ्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलोजी जसको सर्वाधिक पावर १२०पीएस-६०००आरपीएमको रहनेछ।

बजारमा उपलब्ध अरु गाडीहरुको तुलनामा अघिल्लो बर्ष सार्वजनिक गरिएको हुन्डाई भेन्यूले बजारमा आफ्नो दह्रो उपस्थिति जनाएको छ। हुन्डाइ भेन्यू स्मार्ट शार्क फिन एन्टिना, टर्न सिग्नल्स भएका विद्युतले मिलाउन सकिने रिअर मिरर, इलेक्ट्रीक सन रुफ, आकर्षक क्रोमयुक्त फ्रन्ट ग्रील तथा स्पोर्टी रुफ रेलले सु-सज्जित छ। यसको आर१५ डायमण्ड कट एलोइ पाङ्ग्रा तथा रिअर क्यामेराको साथ हिल एसिष्ट कन्ट्रोलले नौलो र उत्साहजनक सवारी अनुभव दिनेछ। हुन्डाई भेन्यू १.२ एसप्लसमा बत्तीहरुको जडान सुन्दर तथा आधुनिक रुपमा गरिएको छ, जस अन्तर्गत कर्नरिङ लाइट, प्रोजेक्टर फग लाइट तथा क्रिष्टल इफेक्ट सहितको एलईडीडीआरएल लाइट विशेष छन्।

इन्टेलिजेन्ट म्यानुअल ट्रान्समिशनको साथ हुन्डाई भेन्यू आईएमटीले क्लचलेस ड्राइभिङ अनुभव दिन्छ। सो सेगमेन्टमा नयाँ आईएमटीसँग क्लच प्याडल नभएकाले राम्रो ईन्धन दक्षता र मजाको ड्राईभिङ अनुभव गर्न पाइन्छ। उत्कृष्ट यात्राको अनुभव गराउन, हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२एसप्लस मा नवीनतम विशेषताहरु जस्तै रियोस्ट्याट सहितको एड्भान्स सुपरभिजन क्लस्टर, ड्राईभर रेर भ्यू मिरर, भेहिकल स्टेबिलिटीे म्यानेजमेन्ट तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल रहेका छन् जस्ले हुन्डाई भेन्यूू आईएमटी र हुन्डाई भेन्यू १.२एसप्लसलाई एउटा सुरक्षितयात्राको सहयात्री बनाएको छ।

हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२एसप्लस थप विशेषताहरुमा वायरलेस फोन चार्जर, क्रुज कन्ट्रोल, टेलेमेटिक्स सहितको २०.३२ सेन्टिमिटरको एच डी डिस्प्ले, एअर प्युरिफायर तथा रियर ए सि भेन्ट रहेको छ। यी गाडीहरुको शुरुवाती मूल्य हुन्डाई भेन्यू १.२एसप्लस रु. ४४ लाख ५६ हजार र हुन्डाई भेन्यू आईएमटी रु. ४४ लाख ९६ हजार कायम गरिएकोे छ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ। हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाइल उत्पादक मध्येमा पर्दछ। यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडाैं ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .