ad ad

अटो


एलन मस्कको घोषणा : अब टेस्ला कार बिटक्वाइनबाटै किन्न सकिने

एलन मस्कको घोषणा : अब टेस्ला कार बिटक्वाइनबाटै किन्न सकिने

नेपालखबर
चैत ११, २०७७ बुधबार १४:३५,

टेस्ला कम्पनीका कार अब बिटक्वाइनबाट पनि खरिद गर्न सकिने भएको छ। कम्पनीका प्रमुख एलन मस्कले डिजिटल मुद्राबाटै कारहरु खरिद गर्न सकिने बताएका हुन्।

बिटक्वाइनमा असाध्यै रुचि राख्ने मस्कले सामाजिक सञ्जाल ट्विटरबाट यस्तो घोषणा गरेका हुन्। उनको यो घोषणालाई अनपेक्षित मानिएको छ। अहिले बिटक्वाइनको मूल्य स्थिर छैन।

यो दिनहुँ परिवर्तन भइरहेका कारण कारको बिटक्वाइन मूल्य पनि हरेक दिन फरक फरक हुनेछ। टेस्लाले भर्चुअल मुद्रामा ठूलै लगानी गरिसकेको छ। उसले केही समयअघि मात्रै डेढ अर्ब अमेरिकी डलर मूल्यको बिटक्वाइन खरिद गरेको थियो।

त्योसँगै लगातारजसो बिटक्वाइनको मूल्य बढेर कीर्तिमान कायम गरेको थियो।

मस्कको उक्त घोषणापछि बुधबार पुनः बिटक्वाइनको मूल्य आकाशिएको बीबीसीले जनाएको छ। मस्कले टेस्लाले आफ्नै आन्तरिक सफ्टवेयर ल्याएर बिटक्वाइन भुक्तानीको व्यवस्थापन गर्ने तयारी गरेको समेत बताएका छन्। त्यसैले सिधै बिटक्वाइन नोड्स सञ्चालन गर्नेछ। यस अर्थमा नोड्स भनेका कम्प्युटरजस्तै हुन्, जसले बिटक्वाइन कारोबारको प्रक्रिया मिलाउँछन्।

मस्कका अनुसार टेस्लालाई भुक्तानीमा दिइने बिटक्वाइन बिटक्वाइनकै रुपमा रहनेछ। सरकारी नियन्त्रण रहने मुद्रामा विनिमय हुनेछैन।

अमेरिकामा नयाँ टेस्ला कार सय डलर मूल्यबराबरको बिटक्वाइनसँगै अर्डर समेत गर्न सकिने भएको छ। यो सुविधा अब अन्य देशमा पनि उपलब्ध हुने मस्कले बताएका छन्। बिटक्वाइनको परिवर्तन भइरहने मूल्यका कारण वस्तु तथा सामान खरिदमा भने जटिलता हुनेछ।

उदाहरणको लागि टेस्लाले यससम्बन्धी शर्त र अवस्थाको नियम बनाएको छ। जसअनुसार यदि फिर्ता गर्नुपर्ने (रिफन्ड) भएमा कम्पनीले बिटक्वाइनको जति मूल्य हो त्यसको आधारमा वा कारको अमेरिकी डलर मूल्यमा आधारित भएर आवश्यकताअनुसार गर्न सकिन्छ। यसको मतलब यदि फिर्ता गर्नुअगाडि नै बिटक्वाइनको मूल्य बढ्यो भने ग्राहकले घाटा समेत व्यहोर्नुपर्ने हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .