ad ad

अटो


सिप्रदीको सर्टिफाइड ग्यारेज अब मेलम्चीमा

सिप्रदीको सर्टिफाइड ग्यारेज अब मेलम्चीमा

नेपालखबर
चैत २०, २०७७ शुक्रबार ११:२५,

सिप्रदी ट्रेडिङ प्रालिले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ।

टाटा कमर्शियल गाडीका ग्राहकहरुलाई सहजरुपमा आफ्नै स्थानमा गाडीको सर्भिस तथा मर्मत सुविधा प्रदान गर्ने उदेश्यले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ।

२०७७ चैत १८ गते टाटा मोर्टस ग्राहक सेवा अन्र्तगतका नेपाल तथा भुटानका कन्ट्री मेनेजर समान्य दास र सिप्रदी ट्रेडिङ प्रा लि ग्राहक सेवाका महाप्रवन्धक सम्देन लामाले संयुक्त रुपमा उक्त वर्कशपको उद्घाटन गरेका थिए।

सो अवसरमा विगत लामो समयदेखि टाटाका गाडीहरु संचालन गर्दै आएका ग्राहक चिरन पराजुलीलाई सम्मान गर्नुका साथै टाटा गाडीसम्बन्धी चालक प्रशिक्षण कार्यक्रमको पनि आयोजना गरिएको थियो। ३० जना भन्दा बढी ग्राहकहरुले उक्त प्रशिक्षण कार्यक्रमा सहभागिता जनाएका थिए।

ग्राहकहरुले सम्पूर्ण टाटा कमर्शियल गाडीहरुको सर्भिस तथा साधारण मर्मतका कार्यहरु उक्त सर्भिस सेन्टरबाट प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .