ad ad

अटो


‘रोल आउट’ भयो फोटनको एक करोडौं भेहिकल

‘रोल आउट’ भयो फोटनको एक करोडौं भेहिकल

नेपालखबर
चैत २२, २०७७ आइतबार १२:२४,

चीनकै सबैभन्दा ठूलो कमर्सियल भेहिकल ब्रान्ड फोटन मोटरले एक करोड गाडी ‘रोल आउट’ गरेको छ।

फोटन मोटरले स्थापना भएको २५ वर्षमै एक करोड गाडी उत्पादन गर्न सफल भएको हो।

एक करोड गाडी उत्पादन गरेको अवसरमा फोटन डेमलर अटोमोटिभले चीनमाम नयाँ अमान ग्यालेक्सी ट्रक सार्वजनिक गरेको छ जसलाई ‘प्रविधिक सुन्दरता र गतिशिलताको समीश्रण’ भनी व्याख्या गरिएको छ।

फोटनले गएको मार्च महिना मात्रै एक लाख एक हजार एकसय ६६ वटा गाडी विक्री गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा ५९ प्रतिशत बढी हो।

foton roll out2

विश्वको सबैभन्दा ठूलो ‘लजिस्टिक्स मार्केट’को नेतृत्व लिने लक्ष्यका साथ फोटनको स्थापना सन् १९९६ को अगस्टमा भएको थियो। लगत्तै फोटनले विश्वकै लोकप्रिय अटोमोबाइल क्षेत्रका कम्पनीहरु कमिन्ज्, डेमलर ग्रुप र जेडएफसँग नीतिगत साझेदारी गरेको थियो।

कमिन्ज् हेभी–ड्युटी ट्रक बजारको आइकन हो जुन संसारकै सबैभन्दा ठूलो इन्जिन निर्माता समेत हो। त्यसैगरी, जर्मनीको डेमलर ग्रुप विश्वको सबैभन्दा ठूलो प्रिमियम कमर्शियल भेहिकल निर्माता कम्पनी हो भने जेडएफ संसारको सबैभन्दा ठूलो ट्रान्समिसन तथा च्यासिस् टेक्नोलोजी सप्लायर हो।

नयाँ आविष्कार र उत्कृष्टताका लागि फोटनले चीन, जर्मनी जापानमा रिसर्च एन्ड डेभलपमेन्ट सेन्टरहरु स्थापना गरेको छ जहाँ ४० भन्दा बढी मुलुकका ६ हजार पाँच सय इन्जिनियरले पाँच हजारभन्दा बढी प्याटेन्ड निर्माण गरिसकेका छन्।

foton roll out3

फोटनका उत्पादन विश्वका २७ वटा एसेम्बली प्लान्टमा उत्पादन भई एक सय १० देशमा उपलब्ध छन्। नेपालमा एमएडब्लु वृद्धि कमर्शियल भेहिकल प्रा. लि.ले फोटनका पिकअप, भ्यान र एम्बुलेन्सको विक्रीवितरण गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .