विशाल ग्रुप अन्तर्गतको पारामाउन्ट मोटर्सले डिलर लिएपछि पहिलोपटक माज्दाको गाडी भित्र्याएको छ।
जापानी प्रिमियम ब्राण्ड माज्दाको सीएक्स ५ मोडलको गाडी भित्राएको हो।
पारामाउन्ट मोटर्सले माज्दाको आधिकारिक डिलर भएको १ वर्षपछि बल्ला गाडी भित्र्याएको छ।
सीएक्स ५ मोडलको २.५ टर्वो इन्जिन रहेको गाडीको २५० हर्स पावरसहितको फोर ह्विल गाडी हो।
गाडीको मूल्य १ करोड ४८ लाख ५० हजार मुल्य रहेको कम्पनीले जानकारी दिएको छ।
कम्पनीले यसअघि नै सीएक्स ५ र सीएक्स ९ एसयुभी मोडलको गाडीको बुकिङ गरेको थियो।
प्रतिक्रिया