ad ad

अटो


फोटन पिकअपका लागि एमएडब्लु वृद्धिले ल्यायो ‘एस्योर्ड बाईब्याक’ स्किम

फोटन पिकअपका लागि एमएडब्लु वृद्धिले ल्यायो ‘एस्योर्ड बाईब्याक’ स्किम

नेपालखबर
बैशाख ५, २०७८ आइतबार ५:५५,

एमएडब्लु वृद्धि कमर्सियल भेहिकल प्रालिले पिकअप सेग्मेन्टमै पहिलो पटक आफ्नो फोटन टुनल्यान्ड ईका लागि ‘एस्योर्ड बाईब्याक’ स्किम ल्याएको छ।

एमएडब्लु नेपालका लागि फोटन मोटरको आधिकारिक बिक्रेता हो।

नेपालमा टुनल्यान्ड पिकअपको अत्यधिक सफलतापछि ग्राहकको विश्वास अझ बढाउनका लागि ल्याइएको कम्पनीले जनाएको छ।

यो योजनाअन्तर्गत टुनल्यान्ड ई पिकअप बिक्री भएको पाँच वर्षपछि एमएडब्लु वृद्धि आफैँले निश्चित मूल्यमा किन्नेछ। नेपालमा फोटनका उत्पादनको विश्वसनीयताको परीक्षण सन् २०१९ देखि हुँदै आएको छ। ती उत्पादनको प्रदर्शन सन्तोषजनक भएपछि एमएडब्लु वृद्धिले यस्तो विशेष योजना ल्याएको हो।

फोटन पिकअपको उच्च विश्वसनीयताले रिसेल बजारमा पनि यसको भ्यालु दमदार रहनेछ।

‘हाम्रा उत्पादनमाथि हाम्रो विश्वासकै कारण हामीले हाम्रो ब्रान्डलाई अँगाल्न यो अभुतपूर्व योजना ल्याएका हौं। हामीलाई विश्वास छ, आउँदा वर्षहरुमा हाम्रो पिकअपको भ्यालु उच्च रहनेछ। यसलाई विश्वस्त तुल्याउन हामीले बाई ब्याग स्किम ल्याएका हौँ’, एमएडब्लु वृद्धिका सेल्स हेड नविन आचार्यले भने।

यससँग एमएडब्लु वृद्धिले एक्सचेन्ज बोनसका रुपमा तीन लाख रुपैयाँ, अनलिमिटेड फ्रि रोडसाइड असिस्ट्यान्स र पाँच वर्षसम्म विस्तार गर्न सकिने निःशुल्क सर्भिसिङको समेत घोषणा गरेको छ।

२.८ लिटरको इनलाइन ४ सिलिन्डर, इलेक्ट्रिकल्ली कन्ट्रोल्ड हाई प्रेसर कम रेलसहितको टर्बोचार्ज र इन्टरकुल फोरवाइड र ५ स्पिड म्यानुअल ट्रान्समिसन इन्जिन भएको टुनल्यान्ड ईले ३६०० आरपीएममा ८५ किलोवाट र २४०० आरपीएममा २८० एनएम टर्क उत्पन्न गर्छ।

एक टन पेलोड क्यापासिटी भएको टुनल्यान्ड ईको कार्गो बक्सको आकार १.५२ मिटर बाई १.५८ मिटर बाई ०.४४ मिटर रहेको छ जुन क्लासमै सर्वोत्कृष्ट हो।

फोटन चीनको नम्बर १. कमर्शियल भेहिकल ब्रान्ड हो जसले सन् २०२० मा विश्वभर ६ लाख ८० हजार युनिट सेल्स हासिल गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा २६ प्रतिशत बढी हो।

फोटनका उत्पादन विश्वका २७ वटा एसेम्बली प्लान्टमा उत्पादन भई एक सय १० देशमा उपलब्ध छन्। हाल एमएडब्लु वृद्धिले नेपालमा फोटनका पिकअप र भ्यान बिक्रीवितरण गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .