कोरोना महामारी नियन्त्रण गर्न सप्तरीमा लागू गरिएको जोरविजोर प्रणाली उल्लंघन गरी चलेका १७२ सवारीसाधनलाई प्रहरीले कारबाही गरेको छ।
सोमबार नियम उल्लंघन गरी चलाउने १३ वटा चार चक्के र १५९ वटा मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही गरेको सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए।
उनका अनुसार ती सवारीसाधनका धनीबाट सय रुपैयाँ जरिवाना गरी छाडिएको छ। स्थानीय प्रशासनले शनिबारदेखि सप्तरीमा जोरविजोर सवारीसाधन चलाउने नियम लगाएको हो।
3
Shares
प्रतिक्रिया