निशान इण्डियाले आफ्नो नयाँ उत्पादन निशान म्याग्नाइट नेपाल, इण्डोनेशिया, दक्षिण अफ्रिकामा निर्यात गर्ने घोषणा गरेको छ।
यो नयाँ पुस्ताको उत्पादन सन् २०२० को डिसेम्बरमा प्रारम्भ गरिएको थियो र सन् २०२१ को मे महिनासम्म १५ हजार १० वटा निशान म्याग्नाइट पूर्णरुपमा तयार गरिसकेको थियो। आधुनिक प्रविधि र आकर्षणयुक्त यो सवारी साधन मध्ये १३ हजार ७ सय ९० वटा भारतीय बजारमा गइसकेको थियो भने १ हजार २ सय २० वटा निर्यात गरिएको थियो।
‘मेक इन इण्डिया, मेक फर वर्ल्ड’ अवधारणा सहित निर्माण गरिएको यो नयाँ सवारी साधन भारतमा सफलता बिस्तार गर्नुका साथै निर्माण भएको ३० दिनमा नेपालमा ७ सय ६० भन्दा बढी बुकिङ्ग भएकोले यसले निर्धारण गरेको मासिक बिक्री १ हजार ५ सय ८० पूरा हुने विश्वास गरिएको छ।
नयाँ उत्पादनको विशेषता र यसको सफल भविष्यबारे आफ्नो धारण व्यक्त गर्दै निशान मोटर इण्डिया प्रा.लि.का अध्यक्ष सिनान ओजकोकले भने, ‘भारतीय उपभोक्ताहरुले यसको नमूना र नयाँ प्रविधिलाई अत्यन्त रुचाएका छन् र भविष्यमा यसले आफ्नो बजार आक्रामकरुपमा अगाडि बढाउने छ।’
उनले ‘मेक इन इण्डिया, मेक फर वर्ल्ड’ अवधारणाले विश्व बजारमा पनि उपभोक्ताले रुचाउने र राम्रो बजार पाउने विश्वास व्यक्त गरे। जति जति उपभोक्ताले आफ्नो प्रयोगमा ल्याउँछन्, त्यति नै यसको माग बढ्दै जाने उनको धारणा छ।
निशान म्याग्नाइट जति जति उत्पादन बढाइँदै जान सक्यो त्यति नै विश्व बजारमा यसको माग पनि बढ्दै जाने छ। प्रारम्भिक अवस्थामा नै यसको गुणस्तरले जसरी आकर्षण देखापरेको छ, यसले निशान म्याग्नाइटको बजार बिस्तार हुने निश्चित छ ।
निशान मोटर इण्डिया प्रा.लि. जापानको निशान मोटर कम्पनीको शतप्रतिशत सहायक कम्पनी हो र सन् २००५ देखि भारतमा उत्पादन थालेको हो। यसको कारखाना चेन्नईमा रहेको छ।
प्रतिक्रिया