सिप्रदी ट्रेडिङ प्रा.लि. ले लकडाउनको समयमा ६० हाइवे (टेक्निसियन) च्यानल पार्टनरहरुलाई ३ हप्ते विशेष तालिम सम्पन्न गरेको छ।
टाटा गाडीमा आएका नयाँ प्रविधि, विशेषतः बएसफोर, एससीआर र एबीएस सम्बन्धित विषयहरु यस तालिममा समावेश गरिएको थियो। कार्यक्रममा टाटा गाडीको बारेमा नयाँ जानकारी लिन चाहने र गाडी मर्मत सम्बन्धी थप प्राविधिक जानकारी लिन चाहने राजमार्गका च्यानल पार्टनरहरुलाई लक्षित गरी सञ्चालन गरिएको कम्पनीले जनाएको छ।
यस असहज परिस्थितिलाई ध्यानमा राख्दै सिप्रदीले यो तालिम अनलाइन प्राविधिक माइक्रोसफ्ट टिम्स मार्फत सञ्चालन गरेको थियो।
कम्पनीले जनाएको अनुसार तालिममा सबै च्यानल पार्टनरहरुको उत्साहजनक सहभागिता थियो र आगामी दिनहरुमा पनि सिप्रदीले गाडीहरुमा आउने नयाँ प्रविधिहरुलाई ध्यानमा राखेर टेक्निसियनहरुको सिप वृद्धिमा काम गर्दै जाने प्रतिबद्धता जनाएकोे छ।
यसका साथै कुनै पनि ठाउँमा गाडीको मेक्यानिकल तथा इलेक्ट्रिकलसम्बन्धी तालिम, गाडी मर्मत, पार्टपुर्जा, इन्जिन आयल वा ब्याट्री सम्बन्धी तालिम चाहिएमा, सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिनेछ।
प्रतिक्रिया