ad ad

बागमती


जनयुद्ध दिवसको अवसरमा बागमतीमा सार्वजनिक बिदा

जनयुद्ध दिवसको अवसरमा बागमतीमा सार्वजनिक बिदा

नेपालखबर
माघ २६, २०७९ बिहिबार २१:८, हेटाैँडा

बागमती प्रदेशमा फागुन १ गते सार्वजनिक बिदा हुने भएको छ।

बागमती प्रदेश सरकारले फागुन १ गते जनयुद्ध दिवसका दिन प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको प्रदेशका अर्थमन्त्री तथा सरकारका प्रवक्ता जगन्नाथ थपलियाले जानकारी दिए।

अघिल्लो कार्यकालका सरकारले जनयुद्ध दिवसमा बिदा दिएको थिएन। हाल प्रदेशमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ।

माओवादीको नेतृत्वमा सरकार बनेको बेला पहिलो पटक जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिन लागेको हो।

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .