ad ad

बागमती


भन्सार छलीका १ करोड बढीको सामान सहित २ भारतीय पक्राउ

भन्सार छलीका १ करोड बढीको सामान सहित २ भारतीय पक्राउ

नेपालखबर
असोज ३, २०८१ बिहिबार १७:७, हेटौंडा

भन्सार छली ल्याएको एक करोड ३५ लाख रुपैयाँ बराबरको लत्ताकपडा तथा सवारीसाधन सहित मकवानपुर प्रहरीले दुई जनालाई पक्राउ छ।

प्रहरीले सुनसरीबाट हेटौंडा हुँदै काठमाडौंका लागि छुटेको बीआर ५ जीडी १३४३ नम्बरको भारतीय ट्रकलाई बुधबार नियन्त्रणमा लिएको हो।

हेटौंडा–१५ स्थित रातमाटे चेकपोस्टमा रोकी जाँच गर्ने क्रममा अवैध लत्ताकपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीले ट्रकका चालक भारतको विहार राज्य, जिल्ला मोतिहारी, थाना तुकालिया, पूर्वी चम्पारण सपही बस्ने वर्ष ३० का जन्दार आलम र सहचालक थाना बन्जरिया पूर्वी चम्पारण चौलाहा कलोनी बस्ने वर्ष १९ का मुना मियाँलाई नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिए।

उनका  अनुसार उक्त कपडा आलु लोड भएको ट्रकमा लुकाइछिपाइ ल्याएका थिए।

प्रतिबोरा ५० किलोका दरले तीन सय ४५ बोरा आलुको भन्सार बिल काटिएको भए पनि ट्रकमा जम्मा दुई सय ६४ बोरा आलु राखी सोको भित्री भागमा ७४ वटा बोरामा विभिन्न किसिमका तयारी कुर्ता, रोलसहितको सर्ट एवं पाइन्टका कपडाहरू ल्याएको पाइएको प्रहरी प्रमुख रिजालले बताए।

उल्लेखित अवैध भन्सार छली ल्याइएका सामानको अन्दाजी मूल्य एक करोड ३५ लाखबराबरको सामग्रीहरू बरामद गरी ट्रक र ट्रकका चालक तथा सहचालकलाई थप अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरी प्रमुख रिजालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .