ad ad

बागमती


बागमती प्रदेशमा मानवअधिकार उल्लंघन र ज्यादतीका घटना बढ्दै

बागमती प्रदेशमा मानवअधिकार उल्लंघन र ज्यादतीका घटना बढ्दै

नेपालखबर
फागुन ७, २०७९ आइतबार १४:४४, काठमाडौँ

बागमती प्रदेशमा मानवअधिकार उल्लंघन र ज्यादतीका घटना बढ्दै गएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको तथ्यांकअनुसार मानव अधिकार उल्लंघन र ज्यादतीका घटना बढ्दै गएको पाइएको हो।

इन्सेक बागमतीका अनुसार सन् २०२२ मा बागमती प्रदेशमा मानव अधिकार उल्लंघन र ज्यादती घटनामा १ हजार ४ सय २५ जना पीडित भएका छन्। गत वर्ष सन् २०२१ मा २२४ जना सन् २०२१ मा १ हजार १ सय ८ जना पीडित भएका थिए।

यस वर्ष मानव अधिकार उल्लंघन घटनामा राज्य पक्षबाट ३४ जना महिला र ३ सय ४१ पुरुष गरी जम्मा ५ जना तथा ज्यादतीका घटनामा अन्य पक्षबाट ८ सय ७७ जना महिला १ सय ७२ जना पुरुष र १ जना अन्य यौनिक अल्पसङ्ख्यकसहित जम्मा १ हजार ३० जना पीडित भएको अभिलेख भएको इन्सेक बागमतीका संयोजक गणेश भण्डारीले बताए।

यसवर्ष राज्यपक्ष अन्तर्गत भएका मानव अधिकार उल्लंघन अन्तर्गत कारागारमा रहेका ४ जना महिला र ४१ पुरुष गरी ४५ जनाको स्वास्थ्य लगायतका विभिन्न कारणले मृत्यु भएको तथ्यांक छ।

साथै, कुटपिटका घटनामा ४ जना, गिरफ्तारीका घटनामा ३८ जना, यातनाका घटनामा ४ जना तथा अभिव्यक्ति भेला तथा संगठित हुने अधिकारमा ३० जना महिला र २ सय ४५ जना पुरुष गरी २ सय २५ जना पीडित भएको जनाएको छ।

यसैगरी सन् २०२१ मा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा १ हजार १ सय ७३ जना पीडित भएका थिए। जसमा राज्यपक्षबाट ३ सय ७५ जना र अन्यपक्षबाट ८ सय ९० जना पीडित भएका थिए।

महिला अधिकार उल्लंघनका घटनामा सन् २०२२ मा यस प्रदेशमा ४ सय ३४ जना पीडित भएको अभिलेखमा उल्लेख छ।

यस वर्ष बेचबिखनका घटनामा १३ जना, घरेलु हिंसाका घटनामा १० जना, कचित बोक्सीको आरोपमा ३ जना बलात्कारका घटनामा १ सय ७१ जना, बलात्कार प्रयासका घटनामा २५ जना र यौन दुर्व्यवहारको घटनामा १७ जना महिला पीडित भएको पाइएको इन्सेक बागमतीले जनाएको छ। 

यस्तै, परिवारजनबाट महिला मारिएका केही घटनामा पीडितपक्षले हत्याको आरोप लगाएको तर आरोपित पक्षले आत्महत्या भन्दै प्रहरीले उजुरी नै नलिएका घटना पनि अभिलेख गरेको इन्सेक बगमतीका संयोजक भण्डारीले जानकारी दिए।

यस्तै, यस वर्ष बाल अधिकार उल्लंघनका घटनामा ४ सय २ जना पीडित भएका छन्। जसमध्ये बलात्कारका घटनामा २ सय ८५ जना, याैन दुर्व्यवहारको घटनामा १ जना बालक सहित १ सय २ जना बालबालिका बेचविखनमा ७ जना बालकसहित १८ जना, बलाविवाहका दुई र विद्यालयमा शारीरिक सजायबाट २ जना बालिका र ४ जना बालक गरि ६ जना पीडित भएको इन्सेक बागमतीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .