नेकपा एमाले सरकारबाट बाहिरिने निर्णय गरेसँगै बागमती प्रदेश सरकारमा माओवादी एक्लिएको छ।
तीन राजनीतिक दल एमाले, माओवादी र राप्रपा मिलेर गठन भएको बागमती प्रदेश सरकारबाट राप्रपा र एमाले बाहिरिएसँगै माओवादी एक्लिएको हो।
राप्रपाका तीन मन्त्रीहरुले शनिबार नै राजीनामा दिइसकेको छन्। एमाले पनि सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ।
२५ पुसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको गठबन्धन सरकार गठन भएको थियो।
भागवण्डा अनुसार प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले गरेका थिए।
सभामुख राप्रपा र उपसभामुख एमालेले पाउँदा माओवादीले मुख्यमन्त्रीसहित ४ मन्त्रालय लिएको थियो।
एमालेले ४ र राप्रपाले ३ मन्त्रालय पाएका थिए।
एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
Shares
प्रतिक्रिया