मकवानपुरको हेटौंडामा बेहोस भएर ढलेका एक सुरक्षा गार्डको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका–८, कमाने बस्ने अन्दाजी ५५ वर्षीय बाबुराम पण्डितको मृत्यु भएको हो।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार शनिबार क्षेत्री हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको पोलिमर कम्पनीमा सेक्युरिटी डिउटीमा रहेको अवस्थामा अचानक बेहोस भएर ढलेका थिए। हेटौंडा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
90
Shares
प्रतिक्रिया