भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु भएको छ। शुक्रबार बिहान ९ बजेतिर सूर्यविनायक नगरपालिका ९ पलासेचोकमा जगातीबाट साँगातर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भएको हो।
प्रदेश ३–०२–०१० प ६८९० नं को मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुदाँ यसका चालक भक्तपुर सूर्यविनायक नगरपालिका ९ पलासे महत गाँउका २४ वर्षीय निश्चल महतको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि सुरुमा सूर्यविनायक नगर अस्पताल भक्तपुर लगिगएको थियो। थप उपचारका लागि मध्यपुर अस्पताल लगिएका उनको बिहान ९:४० बजे मृत्यु भएको भक्तपुर प्रहरीले जानकारी दिएको छ।
30
Shares
प्रतिक्रिया