पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ लेवाटारमा एलपी ग्यास बोकेर गइरहेको भारतीय ट्यांकर पल्टिँदा एकजनाको मृत्यु भएको छ।
मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको यूपी ७० डीटी ६०५५ नम्बरको ट्यांकर पल्टिँदा नाम, थर र ठेगाना नखुलेका पुरुषको घटनास्थलमै मृत्यु भएको हो। ट्यांकरमा सवार दुईजना घाइते भएका छन्।
घाइते हुनेमा भारतको वरौजी बस्ने २९ वर्षीय राम वतन ताती र अर्का एकजना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । तातीको स्थानीय ट्रमा सेन्टर कुरिनटारमा उपचार भइरहेको छ।
अर्का एकजनाको अवस्था गम्भीर रहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। उनका अनुसार दुर्घटना आज बिहान ६ बजे भएको हो। ट्यांकर अनियन्त्रित भएर सडक छेउमा पल्टिएको हो। रासस
15
Shares
प्रतिक्रिया