ad ad

बागमती


काठमाडौं महानगरमा आजबाट अनलाइन नक्सापास प्रणाली सुरु

काठमाडौं महानगरमा आजबाट अनलाइन नक्सापास प्रणाली सुरु

नेपालखबर
बैशाख १, २०८० शुक्रबार १८:८, काठमाडौँ

काठमाडौं महानगरपालिकामा आजबाट पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरु भएको छ। 

शुक्रबारदेखि पूर्णरुपमा अनलाई नक्सापास प्रणाली सुरुवात भएको महानगरपालिकाका मेयर बालेन्द्र शाहले जानकारी गराएका छन्। 

‘काठमाडौँ महानगरपालिकामा आजदेखि पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात गरेका छौँ। यो प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घरनक्सा दर्ता अनलाइनबाटै पेश गर्न सकिनेछ,’ मेयर शाहले जानकारी दिँदै भनेका छन्, ‘त्यस्तै, संधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगइ अनलाइनबाट नै सेवा लिन सकिनेछ। यसले पहिले २–३ महिना लाग्ने प्रक्रियालाई बढिमा २५ दिनमा छोट्याउने छ। यसका लागि सर्भरको स्तरोन्नतिसहीत सफ्टवेयरका धेरै सुविधाहरु सुधार गरिएको छ।’

पाँच हजार वर्ग फिटसम्मको नक्सा पास वडाबाटै हुने उनले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .