ad ad

बागमती


हेटौँडा हुँदै काठमाडौं जाने दुई वटा सडक अवरुद्ध

हेटौँडा हुँदै काठमाडौं जाने दुई वटा सडक अवरुद्ध

नेपालखबर
असार १५, २०८० शुक्रबार १३:१०, हेटाैँडा

हेटौँडा हुँदै काठमाडौं जाने दुई वटा सडक अवरुद्ध भएको छ। हेटौँडा हुँदै काठमाडौं जोड्ने कान्ति लोकपथ पहिरोको कारण अवरुद्ध भएको छ।

ललितपुरको भट्टेडाँडास्थित पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ।

सडक अवरुद्ध हुँदा काठमाडौंबाट हेटौंडा आउने र हेटौंडाबाट काठमाडौं जाने सवारी साधनहरु बाटोमै रोकिएका छन्। सडक खण्डमा खसेको पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ।

पहिरो पन्छाएपछि सडक सञ्चालनमा आउने प्रहरीको भनाई छ।

त्यस्तै, नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउँसोदेखि सवारी आवगमन बन्द छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार त्यहाँ सुक्खा पहिरो खसे क्रम जारी रहेकोले पन्छाउन सकिएको छैन। पहिरो झरेर पहाड बनेको र पन्छाउन ६/७ घन्टा लाग्ने प्रहरीको अनुमान छ।

भीमफेदी कुलेखानी हुँदै काठमाडौं जाने सडक भने अवरोध नरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .