ad ad

बागमती


काठमाडौंमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

काठमाडौंमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
भदौ ३, २०८० आइतबार ९:८, काठमाडौँ

काठमाडौंमा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। 

काठमाडौं प्रहरी परिसरका अ नुसार काठमाडौं महानगरपालिका  वडा नम्बर १५ अन्नपूर्ण चोकस्थित मूल सडकखण्डमा आज बिहान साढे ७ बजे बालाजुबाट कलंकीतर्फ आउँदै गरेको ना ५ ख ५०९२ नम्बरको बसले विपरीत दिशा जाँदै गरेको बागमती प्रदेश ०२–०३७ प ०७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। 

दुर्घटनामा सिन्धुपाल्चोक साँगाचोकगडी नगरपालिका घर हुने अन्दाजी ३२ वर्षीया  अनिता थापा र नामथर वतन नखुलेको अन्दाजी ३२ वर्षका पुरुषको मृत्यु भएको परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए। 

दुर्घटनामा परी गम्भीर घाइते अवस्थामा त्रिवि शिक्षण अस्पताल लगिएका उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा नामथर वतन बताउन नसक्ने अन्दाजी १० वर्षकी बालिका घाइते भएकी छन्। उनको टाउकोमा चोट लागेको र स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। 

दुर्घटनामा परेका गोर्खा दरौँदी यातयात सेवा कम्पनी प्रालिको बस धादिङको गंगाजमुना गाउँपालिका–७ घर भएका ४१ वर्षीय दानबहादुर थापाले चलाएका थिए भने मोटरसाइकल चलाउने व्यक्तिको नामथर वतन खुल्न सकेको छैन। दुवै सवारीसाधन र चालकलाई काठमाडौं जिल्ला प्रहरी परिसरले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .