ad ad

राजनीति


सभामुखको कार्यकक्षमा सत्तापक्ष र विपक्षबीच छलफल हुँदै

सभामुखको कार्यकक्षमा सत्तापक्ष र विपक्षबीच छलफल हुँदै

फाइल तस्बिर


नेपालखबर
भदौ ३, २०८० आइतबार ९:३२, काठमाडौँ

संसद्‌मा जारी अवरोध खुलाउने विषयमा सभामुखले आज (आइतबार) सत्ता पक्ष र विपक्षी दलबीच छलफल गराउने भएका छन्। 

सभामुख देवराज घिमिरेले बिहान ११ बजेका लागि सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका हुन्। 

बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुने सभामुखको सचिवालयले जानकारी दिएको छ। 

६० किलो सुन प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने जिकिर गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर अवरोध गर्दा संसद् बैठक सञ्चालन हुन सकेको छैन। 

आज पनि दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ। त्यसअघि सदनमा जारी अवरोध खुलाउने विषयमा सत्ता पक्ष र प्रतिपक्ष दलबीच छलफल गर्न लागिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .