ad ad

बागमती


आज कस्तो रहला काठमाडौँ उपत्यकाको मौसम?

आज कस्तो रहला काठमाडौँ उपत्यकाको मौसम?

नेपालखबर
माघ १९, २०८० शुक्रबार ६:५९, काठमाडौँ

काठमाडौँ उपत्यकामा आज मौसम सुधार भएर घाम लाग्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। 

महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज उपत्यकाको आकाशमा बादल देखिए तापनि घाम लाग्ने सम्भावना छ। 

‘हिजोजस्तो धेरै मौसम बदली हुने सम्भावना आजलाई देखिन्न’, उनले भने, ‘आज उपत्यकाको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ। घाम लाग्ने सम्भावना छ।’

उनका अनुसार बिहीबार बादल लागेर घाम देखिन नपाएकाले काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम केही घटेको थियो भने आज मौसम सफा हुने भएकाले अधिकतम तापक्रम बढ्ने अनुमान छ। 

मौसमविद् झाका अनुसार आज उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसम्म पुग्ने सम्भावना छ। बिहीबार यहाँको अधिकतम तापक्रम १.७८ डिग्री सेल्सियस थियो। 

बिहीबार बेलुका उपत्यकामा हल्का वर्षा पनि भएको थियो। 

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम भने केही घटेको छ।

मौसमविद् झाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ५.० डिग्री सेल्सियस देखिएको हो।

त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुनः मापन गरिन्छ, त्यतिबेला थोरै घट्ने सम्भावना हुन्छ।

बिहीबार उपत्यकाको न्यूनतम तापक्रम ५.३ डिग्री सेल्सियस थियो। 

देशभरका लागिकोसी र गण्डकीका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .