काठमाडौँको बौद्धमा ट्यांकर र मोटरसाइकलले एकसाथ ठक्कर दिँदा किशोरीको मृत्यु भएको छ।
प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–६ बौद्धमा बा.प्र.०२–०२३ प ८६४८ नम्बरका मोटरसाइकल र ना. ८ ख ११९९ नम्बरको ट्याङ्करको ठक्करबाट पैदलयात्रीलाई ठक्कर दिएको हो।
दुर्घटनामा काठमाडौँ महानगरपालिका–६ तीनचुली बस्ने ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका–२ वाक्सा घर भएकी १८ वर्षीया सम्झना राईको मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक र ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटना अनुसन्धान गरिरहेको छ।
3.8k
Shares
प्रतिक्रिया