काठमाडौँ जिल्ला प्रहरी परिसरले गुन्डागर्दी गरेको आरोपमा हतियारसहित एक युवकलाई पक्राउ गरेको छ।
ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर ९ घर भई हाल काठमाडौँ महानगरपालिका–६, सरस्वतीनगर वस्ने वर्ष २८ का प्रशान्त पराङदेवा लिम्बुलाई पेस्तोल र चक्कुसहित नियन्त्रणमा लिइएको प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।
उनको घरमा खोजतलास गर्दा कटुवा पेस्तोल थान–१, धारिलो चक्कु थान–२, फलामको हम्बर थान–१, मोबाइल थान–२ (आईफोन, सामसङ) बरामद भएको प्रहरीले जनाएको छ।
गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रण गर्ने जिल्ला प्रहरी परिसरको अभियानअन्तर्गत कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सिर्जना गर्ने व्यक्तिहरूको खोजतलस गर्ने क्रममा शंकास्पद गतिविधि गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
Shares
प्रतिक्रिया