हत्याको आरोप लागी फरार भएका रामेछापस्थित दोरम्बा गाउँपालिका–३ का वडासदस्य लालबहादुर मगर काठमाडौँमा पक्राउ परेका छन्।
रामेछाप जिल्ला प्रहरी कार्यालयले यही चैत १२ गते पठाएको पत्रअनुसार जिल्ला प्रहरी परिसर काठमाडौँले वडासदस्य मगरलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा यही चैत १८ गते साढे ३ बजेति पक्राउ गरेको हो।
शंकर पाठकको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रुजन श्रेष्ठसमेत भएको कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मगरलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि रामेछाप पठाइएको प्रहरी परिसर काठमाडौँले सोबार जानकारी दिएको हो।
प्रहरीका अनुसार दोरम्बा गाउँपालिका–३ का वडासदस्य ४० वर्षीय मगर हाल भक्तपुरको निकोसेरा बस्ने गरका थिए।
75
Shares
प्रतिक्रिया