यतिबेला (मंगलबार राति) काठमाडौँ उपत्यकाको मौसम आंशिक बदली (५० प्रतिशतसम्म भागमा बादल) छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार अहिले उपत्यकाको मौसम आंशिक बदली छ। भिजिबिलिटी ५ हजार मिटर छ।
‘उत्तरपूर्वतिर अलिअलि बादल देखिएको छ, अलिकति गड्याङगुडुङ हुन्छ कि जस्तो देखिएको छ शिवपुरी क्षेत्रतिर’, उनले भने, ‘उपत्यकाका अन्य क्षेत्रतिर अलिअलि आंशिक बदलीजस्तो देखिएको छ।’
मौसम पूर्वानुमान महाशाखाले भने आज राित काठमाडौँ उपत्यकामा मेघगर्जनसहित क्षणिक वर्षा हुनसक्ने अनुमान गरेको छ। तर वर्षाको सम्भावना १० प्रतिशत मात्र रहेको महाशाखाले जनाएको छ।
‘उपत्यकामा आज राति वर्षाको सम्भावना खासै छैन’, मौसमविद् अर्यालको भनाइ छ।
मौसम महाशाखाका अनुसार राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा भने मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना देखिएको छ। साथै कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि देखिएको छ।
Shares
प्रतिक्रिया