काभ्रेको भुम्लुमा आज (बुधबार) बिहान सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
प्रहरीका अनुसार काभ्रेको कात्तिकेदेउरालीबाट दोलालघाटतर्फ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको सुमो बिहान ८:३० बजे भुम्लु गाउँपालिका-५, मुलाबारीमा सडकबाट खसेको हो।
दुर्घटनामा चालकसहित १० जना घाइते भभएको प्रहरीले जनाएको छ। घाइतेहरूलाई प्राथमिक उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र कोलाली पठाइएको छ।
उक्त गाडीमा ८ महिला र २ पुरुष सवार थिए।
घाइतेमध्ये तीन महिलाको अवस्था गम्भीर रहेको र अन्य ७ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको विवरण खुल्न बाँकी छ।
429
Shares
प्रतिक्रिया