ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेल जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का व्यक्तिको पनि मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, एसपी नरेशराज सुवेदीका अनुसार आगोले जलेर घाइते स्थानीय ५० वर्षीय रमेश पहरीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।
‘कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उहाँको मृत्यु भएको खबर हामीलाई आज बिहान ७ बजे आयो’, एसपी सुवेदीले भने।
यसअघि त्यही डढेलो निभाउने क्रममा घाइते भएका शंकर पहरीको पनि उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो।
मंगलबार दिउँसो बडिखेला जंगलकमा डढेलो निभाउने क्रममा उनीहरू घाइते भएका थिए।
उक्त डढेलो गोदावरी नगरपालिका–६ आनन्द वनमा पनि फैलिएको थियो।
जसका कारण कुष्ठरोग अस्पतालका बिरामी अन्यत्र सारिएको थियो।
हाल उक्त डढेलो नियन्त्रणमा आइसकेको छ।
243
Shares
प्रतिक्रिया