ad ad

बागमती


दरबारमार्ग ट्राफिक प्रभागका प्रहरी जवान मनमैजुमा मृत भेटिए

दरबारमार्ग ट्राफिक प्रभागका प्रहरी जवान मनमैजुमा मृत भेटिए

नेपालखबर
जेठ ४, २०८१ शुक्रबार २३:८, काठमाडौँ

काठमाडौँको दरबारमार्गस्थित ट्राफिक प्रहरी प्रभागमा कार्यरत प्रहरी जवान मनमैजुमा मृत भेटिएका छन्। 

उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका-९, मनमैजुमा ट्राफिक प्रहरी जवान युवराज घिमिरेको शव शुक्रबार भेटिएको हो। 

स्थानीयले खबर गरेपछि अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको छ।

हिजो बिहीबार ड्युटी सकेर निस्किएका प्रहरी जवान घिमिरे मृत भेटिएको खबर शुक्रबार अपराह्न प्रहरीकहाँ आएको हो।

उनको शव मनमैजुस्थित निर्माणाधीन घरको तल भेटिएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .