गएराति ललितपुरमा मोटरसाइकल र स्कुटर ठोकिँदा दुई युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार शुक्रबार राति १२:३० बजे ललितपुरको महालक्ष्मी नगरपालिका- ४, टेम्पो पार्कमा बा ८३ प ५२६७ नम्बरको मोटरसाइकल र बा ५६ प ५०६५ नम्बरको स्कुटर एकआपसमा ठोकिएका हुन्।
दुर्घटनामा स्कुटर चालक काठमाडौँ साँखु घर भई डल्लु बस्ने २१ वर्षीय आयुष श्रेष्ठ र मोटरसाइकल चालक खोटाङ साकेला घर भई ललितपुरको लुभु बस्ने २६ वर्षीय लकेश राईको मृत्यु भएको उनले बताए।
उनका अनुसार गम्भीर घाइते भएका आयुषको उपचारका क्रममा किस्ट अस्पतालमा आज (शनिबार) बिहान २:३० बजे तथा लकेशको बीएन्डबी अस्पतालमा बिहान ६:२५ बजे मृत्यु भएको हो।
दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1.7k
Shares
प्रतिक्रिया