आज (मंगलबार) काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
महाशाखाले आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना ६० प्रतिशत रहेको उल्लेख गरेको छ।
‘आज अपराह्नतिर काठमाडौँ उपत्यकामा हल्का वर्षा हुने सम्भावना छ’, महाशाखाका मौसमविद् सरोज पुडासैनीले भने, ‘उपत्यकाका सबैतिर होइन, ठाउँठाउँमा हल्का वर्षा हुने देखिएको छ।’
यसैबीच आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९.९ डिग्री सेल्सियस देखिएको छ। अधिकत तापक्रम भने साँझ ५:४५ बजे आउनेछ।
सोमबार भने उपत्यकाको अधिकतम तापक्रम २८ डिग्री सेल्सियस थियो।
मौसम महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा आज बिहान ५:५० बजे सूर्याेदय भएको थियो भने अब साँझ ६ बजेर ७ मिनेटमा सूर्य अस्ताउनेछ।
240
Shares
प्रतिक्रिया