पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा पनि व्यापक वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाको आज दिउँसो १ बजेसम्मको तथ्यांकअनुसार उपत्यका (काठमाडौँ, ललितपुर र भक्तपुर) का ९ स्थानमा अति भारी (२०० मिलिमिटरभन्दा बढी) वर्षा भएको छ।
यस्तै उपत्यकाका ५ स्थानमा धेरै भारी (१०० मिलिमिटरभन्दा बढी) वर्षा भएको छ।
हेर्नुहोस् सूची–
अति भारी वर्षा भएका उपत्यका ९ स्थान यी हुन्-
-काठमाडौँको कीर्तिपुरमा २१७.८ मिलिमिटर
-काठमाडौँको बबरमहलमा २३१.२ मिलिमिटर
-ललितपुरको खुमलटारमा २७८ मिलिमिटर
-ललितपुरको टीकाथलीमा २५६ मिलिमिटर
-काठमाडौँको एअरपोर्टमा २११.४ मिलिमिटर
-काठमाडौँको पानीपोखरीमा २००.६ मिलिमिटर
-ललितपुरको लेलेमा २३२.२ मिलिमिटर
-ललितपुरको गोदावरीमा ३०५.२ मिलिमिटर
-भक्तपुरको नगरकोटमा २०१ मिलिमिटर
यी हुन् धेरै भारी वर्षा भएका उपत्यकाका ५ स्थान
-भक्तपुरको ताथलीमा १५५.८ मिलिमिटर
-काठमाडौँको कपनमा १९४ मिलिमिटर
-काठमाडौँको बूढानीलकण्ठमा १८९.८ मिलिमिटर
-काठमाडौँको सुन्दरीजलमा १४३.६ मिलिमिटर
-काठमाडौँको शंखुमा १३५.६ मिलिमिटर
Shares
प्रतिक्रिया