ad ad

बागमती


मध्याह्नपछि काठमाडौँ उपत्यकाको मौसम बदलिने

मध्याह्नपछि काठमाडौँ उपत्यकाको मौसम बदलिने

फाइल तस्बिर


नेपालखबर
माघ ४, २०८० बिहिबार ९:५४, काठमाडौँ

आज काठमाडौँ उपत्यकामा मौसम बदली हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार मध्याह्नपछि काठमाडौँ उपत्यकाको मौसम बदली हुने सम्भावना छ। भनेको आकाशमा बादल देखिनेछ। 

तर पानी पर्ने सम्भावना न्यून रहेको उनले बताए। 

‘काठमाडौँ उपत्यकामा आज पानी पर्ने सम्भावना त छ, तर धेरै कम देखिन्छ’, उनले भने। 

यसैबीच बुधबारको तुलनामा बिहीबार (आज) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम केही बढेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस देखिएको हो। बुधबार यो ४.५ डिग्री सेल्सियस थियो। 

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म हुने अनुमान गरिएको मौसमविद् लामिछानेले बताए। बुधबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १८.५ डिग्री सेल्सियस थियो। 

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .