ad ad

बाइक


रोयल इन्फिल्डको बीएस ६ ‘हिमालयन’ भारतमा लञ्च

रोयल इन्फिल्डको बीएस ६ ‘हिमालयन’ भारतमा लञ्च

नेपालखबर
माघ ६, २०७६ सोमबार १२:८,

भारतमा रोयल इन्फिल्डले बीएस ६ ‘हिमालयन’ लञ्च गरेको छ। भारत मापदण्ड ६ एन्टी लक ब्रेकिङ सिस्टम, एबीएस सिस्टमसहित अद्यावधिक गरिएको बाइक कम्पनीले बजारमा ल्याएको हो।

‘लेक ब्लु’ र ‘रक रेड’ गरी २ वटा नयाँ कलर अद्यावधिक गरिएको कम्पनीले बताएको छ। अहिले ग्राभल ग्रे, स्लिट ग्रे, ग्रानिटी ब्लेक र स्नो ह्वाइट बजारमा उपलब्ध रहेका छन्।

भारतमा यसको आपूर्ति मूल्य अर्थात् एक्स शोरुम प्राइस १ लाख ८६ हजार भारु छ।

४११ सीसी इन्जिन भएको बाइकमा सिंगल सिलिन्डर, ४ स्ट्रोक, एयर कुल्ड सहित २४.३ बीपीएच र ३२ एनएम टर्क जनेरेट गर्ने कम्पनीले उल्लेख गरेको छ । बाईकमा ५ स्पिड कन्स्टेन्ट मेस गियरबक्स रहेको छ ।

रोयल इन्फिल्ड भारतका सीईओ विनोद दसारीले हिमालय साहासिक यात्राको लागि सबैभन्दा उपयुक्त बाइक भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .