प्रतिष्ठित ब्रान्ड मोटरहेड मोटरसाइकलको सातौँ डिलरशिप इको इक्जिम नेपाल प्रालि काठमाडौंको टेकुमा खुलेको छ। शोरुमको उद्घाटन मोटरहेड मोटरसाइकलको आधिकारिक बिक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड कम्पनीका अध्यक्ष शिव प्रसाद घिमिरेले गरेका हुन्।
शोरुममा हाल पाँचथरि मोडलका मोटरसाइकल उपलब्ध रहेको कम्पनीले जनाएको छ। मोटरसाइकलका मोडलमध्ये टेक्कन २५० को ६ गियर र २२३ सीसी, हाइड्रोलिक डिस्कब्रेक जस्ता सुविधा रहेका छन्। यसको बजारमा ३ लाख ७५ हजार मूल्य पर्छ। त्यस्तै स्पोर्ट २५० को ६ गियर, २२३ सीसी र हाइड्रोलिक डिस्क ब्रेक रहेको छ। यसको ३ लाख ६५ हजार रुपैयाँ मूल्य राखिएको छ।
त्यस्तै स्क्रेम्बलर २५० मा ६ गियर, २२३ सीसी, हाइड्रोलिक डिस्कब्रेकसहित ४ लाख ५० हजार मूल्य राखिएको छ। त्यस्तै अर्को एमएच २०० एक्समा ६ गियर, १ सय ९९ सीसी क्षमता रहेको छ। यसको बजारमा ३ लाख ७२ हजार मूल्य पर्ने कम्पनीले जनाएको छ। अर्को एमएच १५० आरमा ५ गियर, १ सय ४९ सीसी र हाइड्रोलिक डिस्कब्रेक रहेको छ। यसको मूल्य २ लाख ७८ हजार पर्ने कम्पनीले जनाएको छ।
कम्पनीका बिजनेस डेभलपमेन्ट ट्रेड हेड उक्त बाइकहरु विभिन्न सहरमा उपलब्ध हुने कम्पनीले जनाएको छ। प्रत्येक बाइकको खरिदमा निःशुल्क थर्डपार्टी इन्स्योरेन्स र एक वर्षको सडक करसहित हेलमेट, टिसर्ट र बाइक कभर पाइने कम्पनीले जनाएको छ। साथमा स्क्रयाच एण्ड विनअन्तर्गत कम्पनीले स्योर सट ५ हजारदेखि २५ हजारसम्म नगद जित्न सकिने अफर पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।
प्रतिक्रिया