ओपोले आफ्नो लोकप्रिय ए सिरिज अन्तर्गत,जेन जी पुस्ताका लागि विशेष लक्षित नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने मितिको घोषणा गरेको छ। नेपालमा सार्वजनिक हुने तयारीमा रहेको ‘एनाइन २०२०’ कम्पनीले यही आश्विन ६ गते सार्वजनिक गर्ने घोषणा गरेको हो। एनाइन २०२०का साथै कम्पनीले सोहीदि 'एफाइभ २०२०' पनि सार्वजनिक गर्ने जानकारी दिएको छ।
सार्वजनिकको तयारीमा रहेका ‘एनाइन २०२०’ र ‘एफाइभ २०२०’ दूबै मध्यमवर्गीय स्मार्टफोन बजार लक्षितउत्पादनहरु हुन्। तथापी, अत्याधुनिक सुविधातथाफिचर्स सम्मिलित यी दूबै फोनमा उत्कृष्ट फोटोग्राफी क्षमता, सुन्दर डिजाइन र लामो समय टिक्ने ब्याट्रीपनि उपलब्ध गरिएका छन्। फोटोग्राफीका लागि उत्कृष्ट क्यामेरा, बोक्दा प्रिमियम अनुभव दिन आकर्षक डिजाइन र निरन्तर लामो समयसम्म विनाकुनै समस्या चलाउन सकिने ब्याट्री क्षमता सहितका यी दूबै फोनहरु बहुसंख्यक उपभोक्तालाई एकै साथ समेट्ने सोचका साथ सार्वजनिक गर्न लागिएका हुन् । समग्रमा भन्नु पर्दा ओपो ए सिरिज २०२०ले बहुआयामिक उपभोक्ताका मागको सम्बोधन गर्नुका साथै विशेषगरी, जेनरेशन जी यूवावर्ग लक्षित छन्।
उपभोक्ताद्वारा अत्यधिक रुचाइएको ओपो विगत १० बर्षदेखि ओभरसिज बजारहरुमा सक्रिय छ। सन् २००९ मा पहिलो ए सिरज मोडल, ए १०० थाइल्याण्डमा सार्वजनिक गरिएदेखि नै यसको डिजाइन, फोटोग्राफी र ब्याट्री प्रविधिकालागि फोनले अतुलनिय मौखिक लोकप्रियता पाइरहेको छ।
ओपो एनाइन २०२०बारे संक्षिप्त जानकारी
ओपो एनाइन २०२०मा उपलब्ध गरिएको ४८एमपी अल्ट्रा वाइडएंगल क्वाड क्यामेराले हरेक किसिमका शुटिङ एंगल र परिस्थितीमा प्रयोगकर्ताका आवश्यकता पूरा गर्ने क्षमता राख्छन्। यसको क्यामेराले अल्ट्रा नाइट मोड २.०, अल्ट्रा वाइड फोटोग्राफी र आर्टिस्टिक पोट्रेट स्टाइलको पूर्ण रेञ्जसपोर्ट गर्छ । त्यसैगरी, यसमा रहेको १६एमपी फ्रण्ट क्यामेराले प्रयोगकर्तालाई ट्रेण्ड तथातिनका ईच्छा अनुसार परिमार्जनमा सघाउन एआई ब्यूटिफिकेसन प्रविधिको पनि प्रयोग गर्छ।
भिडियो शुटिङपनि कम्पनीले उत्कृष्टता दिने प्रयास गरेको छ । यसमा रहेको फोरके भिडियो प्रविधिले सुदृढ ईफेक्ट्स मार्फत स्पष्ट भिडियो, अझजीवन्त रंग तथा दृष्य सम्प्रेषणमा सघाउँछ । साथै, यसमा रहेको भिडियो स्टेबिलिटी प्रविधिमार्फत प्रयोगकर्ताले स्थिर र ब्यवसायिक देखिने भिडियो खिच्न सक्छन् ।
१९ घण्टासम्म लगातार मोबाइल प्रयोगकको सुविधादिने क्षमता सहितको यो फोनमा रहेको ५ हजार एमएएच ब्याट्रीले प्रयोगकर्तालाई लामो समयसम्म फोनको निरन्तर प्रयोग गर्न सघाउँछ । ओपोको ए सिरिजमा ठूलो र सुदृढ गुणस्तरिय आवाज दिने क्षमता सहितको डुअल स्टेरियो स्पिकर्स र रोमाञ्चकआवाज सम्प्रेषणका लागि डल्बि एट्मोस साउण्ड इफेक्ट पनि उपलब्ध गरिएको छ। यसले भिडियो, गेमिङ लगायत कार्यकालागि उत्कृष्ट अनुभव प्रदान गर्न सघाउ मिल्छ।
प्रतिक्रिया